दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा
काठमाडौं । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन् । उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन् । अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शकिब अल हशन छन् ।
दोस्रो स्थानमा श्रीलंकाका विनन्दु हर्षरंगा, तेस्रो स्थानमा अफगानिस्तानका मोहमद नाबी, चौथो स्थामा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा दक्षिण अफ्रिका एडिन मक्रम, छैटौं स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, सातौं स्थानमा भारतका हार्दिक पाण्ड्या, आठौं र नवौं स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन र मोइन अली छन् ।
दशौं स्थानमा रहेका नेपालका दीपेन्द्रले पाकिस्तानका शादब खानलाई पछि पारेका हुन् । अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२ औं, गुल्सन झा ६० औं, रोहित पौडेल ६५ औं र करण केसी ७४ औं स्थानमा छन् । दीपेन्द्र ब्याट्सम्यानतर्फको वरीयतामा ५० औं स्थानमा छन् । त्यस्तै रोहित पौडेल ६१औं र आसिफ शेख ८६ औं स्थानमा छन् । ब्याट्सम्यानको वरीयताको शीर्ष स्थानमा भारतका सूर्यकुमार यादव छन् ।
बलरको वरीयतामा शीर्ष सय भित्र नेपालका सोमपाल कामी (९२औं स्थान) मात्र छन् । बलरको शीर्ष स्थानमा इंग्ल्यान्डका आदिल रसिद छन् ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया