Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदपारा टेबल टेनिसका खेलाडी थापा र प्रशिक्षक भारती थाइल्यान्डमा

पारा टेबल टेनिसका खेलाडी थापा र प्रशिक्षक भारती थाइल्यान्डमा


काठमाडौं । पारालिम्पिक वर्ल्ड क्यालिफिकेसन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती सोमबार थाइल्यान्ड प्रस्थान गरेका छन् ।

यहि मे २३ देखि २६ सम्म थाइल्यान्डमा हुने पारालिम्पिकमा थापा ह्विलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्यान्ड गएका हुन् । उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । नेपालमा पारा टेबल टेनिसका खेलाडी थापा मात्र विश्व वरियतामा छन् । यस्तै, प्रशिक्षक वसन्त भारती पनि उनीसँगै थाइल्यान्ड गएका छन् । पारालिम्पिक वर्ल्ड क्यालिफिकेसन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरूले सहभागिता जनाउने सो खेलमा ह्वीलचियर ब्याइज क्लास तीन मा १५ देशका विश्व वरियतामा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगस्ट तथा सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पारालिम्पिकमा सिधै छनोट हुनेछन् ।

खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा सहभागी हुनको लागि ललितपुर बागडोलस्थित सुन्दर ढोका साथी सेवाअन्तर्गतको विकास सिल्डले हवाई टिकट तथा खेलका लागि आवश्यक सामग्री तथा मेडिकल इन्सुरेन्सको लागि प्रायोजन गरेको छ । साथै, गोकर्णेश्वर नगरपालिकाले ५० हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । खेलमा सहभागी हुनको लागि आयोजकको नियमअनुसार प्रवेश शुल्क र आवास शुल्कबापत प्रतिव्यक्ति ९६० युरो आयोजकलाई भुक्तानी गर्नुपर्ने हुँदा खेलाडी तथा प्रशिक्षकले जनही लगभग एक एक लाख स्वयं व्यक्तिगतरूपमा लगानी गर्नुपर्ने खेलाडी थापाले बताए । विकास सिल्डले हवाई टिकट तथा खेल सामग्रीमा प्रायोजन नगरेको भए उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउने अवस्था नै नरहेको उनले बताए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x