टी–२० विश्वकप क्रिकेट: अभ्यास खेलमा नेपाल पराजित
काठमाडौँ, आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपाललाई ६३ रनले हराएको हो । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालमा सोमबार भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । क्यानडाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८३ रन बनायो । जितका लागि एक सय ८४ रनको लक्ष्य पाएको नेपालको पारी १९ दशमलव तीन ओभरमा एक सय २० रनमा समेटियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बल खेल्दै दुई चौका र दुई छक्का हाने । यस्तै अनिल साहले १६ बलमा २४, आसिफ शेखले २२ बलमा २२ तथा कुशल भुर्तेलले १६ बलमा १० रन बनाए ।
बलिङतर्फ क्यानडाका लागि डिलन हेलिगरले चार, साद बिन जाफर र जेरेमी गोर्डनले दुई दुई तथा कलिम साना र परगत सिंहले एक एक विकेट लिए ।
यसअघि क्यानडाका लागि ब्याटिङ गर्ने क्रममा निकोलस किर्तनले अर्धशतकीय पारी खेले । उनले ३९ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै रवीन्द्रपाल सिंहले १७ बलमा ४१ रन बनाए । उनले एक चौका र चार छक्का प्रहार गरे । नवनित धालिवालले २७ बलमा ३२, डिलन हेलिगरले १३ तथा परगत सिंहले १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि अविनाश बोहराले दुई तथा करन केसी, सागर ढकाल, सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिए ।
नेपालले दोस्रो अभ्यास खेल यही जेठ १७ गते अमेरिकासँग खेल्ने छ । जेठ १९ गतेदेखि सुरु हुने आइसिसी टी–२० विश्वकपका नेपालले पहिलो खेल जेठ २३ गते नेदरल्याण्डस्सँग खेल्ने छ । रासस
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया