म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई
म्याग्दी । बेनीमा बिहीबार सम्पन्न दुई लाख पुरस्कार राशिको ‘प्रथम म्याग्दी युवा कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि धादिङ स्पोर्टस् क्लबले जितेको छ । तेह्र समूह सहभागी पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई दुईका विरुद्ध तीनको सोझो सेटमा पराजित गरेको हो ।
पुरुषतर्फ बेनी नगरपालिका तेस्रो र रघुगङ्गा गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ भने महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मङ्गला गाउँपालिका–२ सहश्रधाराको मालिका स्पोर्टस् क्लबलाई सोझो तीन सेटमा पराजित गरेको थियो ।
बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल सङ्घ सान्त्वना पुरस्कार पाएको छ । पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय हुने समूहले पदक र प्रमाणपत्रसहित क्रमशः नगद दुई लाख, एक लाख २० हजार र ५० हजार प्राप्त गरेका छन् ।
यसैगरी, छ समूह सहभागी महिलातर्फको खेलका विजेता, उपविजेता, तेस्रो हुने समूहले क्रमशः नगद ८० हजार, ६० हजार र २० हजार प्राप्त गरेका छन् ।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले पुरस्कार प्रदान गरेको हो ।
चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रममा सङ्क्षिप्त मन्तग्य व्यक्त गर्दै एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिएका थिए ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया