टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित
काठमाडौं,आईसीसी टी २० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित गरेको छ । नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए ।
विक्रमजित सिंहले २२ साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडेले अविजति ११ रन बनाएका थिए । नेपालका लागि सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।
नेपालको लागि कप्तान रोहित पौडेलले ३५ रन ,करन केसीले १७ रन ,गुलशन झा १४ रन र अनिल शाहले ११ रन बनाउदा अरु कुनै पनि ब्याटरले राम्रो साथ दिन सकेनन् । नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया