Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता गोकर्णमा

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता गोकर्णमा


काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा हुने भएको छ । आज अर्थात् मंगलबारदेखि शुरु हुने ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।

कुल १५ लाख ५० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले दुई लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ७५ हजार र एक लाख २२ हजार प्राप्त गर्नेछन । यस्तै, चौथो र पाँचौ हुनेलाई एक लाख दुई हजार र ८० हजार प्रदान गरिनेछ । कुल २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन । पुरस्कार राशिको आधारमा सिजनकै ठूलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने पीजीए नेपालका महासचिव दिपक आचार्यले जानकारी दिए । दुई दिनको खेलपश्चात् कट लागू हुनेछ । ३६ होलको समाप्तिमा उत्कृष्ट २१ र टाइमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन् । एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ ।

यो सिजनको अन्तिम प्रतियोगितापश्चात् सिजन अवधिभर कुल पुरस्कार रकम प्राप्त गरेको आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन् । उनी धरानका निरज तामाङभन्दा एक लाख १८ हजार आठ सय ७५ रूपैयाँले अगाडि छन् । भुवनले यो सिजनको सात प्रतियोगिता सकिँदा पाँच लाख ६६ हजार आठ सय ७५ नगद पुरस्कार कमाएका छन् । उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए । निरज तामाङ चार लाख ४८ हजारसहित मनि लिडर तालिकामा दोस्रो स्थानमा छन् । उनले यो सिजन सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए । सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति तीन लाख ७२ हजारसहित तेस्रो स्थानमा छन् । सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का तीन लाख ७२ हजारसहित चौथो र दुई लाख ६० हजार सात सय २५ नगदसहित सञ्जय लामा पाँचौँ स्थानमा रहेका छन् ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम शनिबार हुनेछ । २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागिता रहनेछ । पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो सिजनकै सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने बताए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x