Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुवासलाई

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुवासलाई


काठमाडौं । डिफेन्डिङ च्याम्पियन सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै उनले सो उपाधि जितेका हुन् ।

सुवासले समग्रमा १६–अन्डर दुई सय ७२ को सानदार नतिजामा उपाधि आफ्नो नाममा लेखाए । प्रो बनेपछिको पहिलो उपाधि जितेका उनले नगद दुई लाख ७५ हजार प्राप्त गरे । समग्रमा १४–अन्डर दुई सय ७४ को स्कोरमा निरज र भुवनले संयुक्तरूपमा दोस्रो स्थान बाँडे । उनीहरूले जनही एक लाख ४८ हजार पाँच सय नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, दिनेश प्रजापतिले समग्रमा १२–अन्डर दुई सय ७६ को स्कोरमा चौथो भए । उनले एक लाख दुई हजार हात पारे । यसैगरी तोरण विक्रम शाहीले पाँचौँ हुँदै ८८ हजार प्राप्त गरे भने छैटौँ भएका सञ्जय लामाले ८० हजार नगद पुरस्कार हात पारे । यस्तै, सातौं स्थान बाँडेका टंक बहादुर कार्की र जयराम श्रेष्ठले जनही ७१ हजार पाँच सय नगद हात पारे । रवि खड्का नवौँ र रामे मगर दशौँ भए । उनीहरूले क्रमशः ६४ हजार र ५९ हजार नगद प्राप्त गरेका छन् ।

एमेच्योरतर्फ ८–अन्डर दुई सय ८० को स्कोरमा विजय श्रेष्ठ आइन्हाउसलाई दुई स्ट्रोकले हराउँदै सद्भाव आचार्यले उपाधि जिते । तेन्जिङ पाल्देन तेस्रो भए । पुरस्कार राशिको आधारमा सिजनकै ठूलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा ३७ प्रो र ११ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागिता रहेको थियो । यो सिजनको कुल आठ प्रतियोगितामध्ये एमेच्योर सद्भाव आचार्यले दुई तथा प्रो दिनेश प्रजापति, शुक्रबहादुर राई, भुवन नगरकोटी, रवि खड्का, निरज तामाङ र सुवास तामाङले एक एक उपाधि जिते । विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर रवि कुमार रायवरम र पिजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x