Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप १४ र १५ असारमा

सातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप १४ र १५ असारमा


चितवन । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा सातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप १४ र १५ असारमा हुने भएको छ ।

टोखा नगरपालिका ३ मा रहेको स्केटर्स नेपाल स्केट पार्कमा सञ्चालन हुने संघले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगितामा तीन सय पुरुष र एक सय ५० जना महिलाको सहभागिता रहने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए । यस प्रतियोगितामा स्केटबोर्ड खेलअन्तर्गत स्ट्रिट फ्रि स्टाइलमा बेस्ट ट्रिक र बेस्ट रन विधा खेलाइने अध्यक्ष खनालले बताए ।

स्केटबोर्डमा स्ट्रिट र पार्क दुई विधामा खेल हुने भए पनि नेपालमा स्ट्रिट विधामा मात्र खेल हुँदै आएको छ । टाइम र ट्रिकको आधारमा यो खेल हुने अध्यक्ष खनालले जानकारी दिए । अध्यक्ष खनालका अनुसार प्रतियोगितामा सहभागिताका लागि जिल्ला छनोट गराएको र प्रदेश संघमार्फत खेलाडीहरूले नाम दर्ता गराउन पाउनेछन् ।

प्रतियोगिताको पुरुष तथा महिलातर्फ विजेताले २५ हजार, दोस्रोले १५ हजार तथा तेस्रोले १० नगद हजार पुरस्कार पाउनेछन् ।

यस्तै, प्रतियोगितामा विजेता हुने महिला र पुरुष खेलाडीलाई आगामी सेप्टेम्बरमा इटलीमा आयोजना हुने वर्ल्ड स्केट च्याम्पियनसिपमा सहभागी गराउने संघका सचिव दिनेश बजगाईंले जानकारी दिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x