Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदनेपाल एसिया कपबाट बाहिरियो

नेपाल एसिया कपबाट बाहिरियो


काठमाडौं, एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । यस जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरयो । त्यस्तै यस हारसँगै नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि दुई खेल खेलको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।

मंगलबारको खेलमा भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रनको योगदान दिइन् । त्यस्तै विन्दु रावलले १७ रन जोड्दा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन जोडिन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
भारतका लागि दिप्ती शर्माले ३ विकेट लिइन् भने अरुणदति रेडि र राधा यादवले समान दुई दुई विकेट लिए ।

त्यस्तै रेनुका सिंहले एक विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल बनाएको थियो । भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् । उनले ४८ बलमा १२ चौका र १ छक्कासहित ८१ रन बनाएकी हुन् । त्यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउँदा सजीवन सजनाले १० तथा ऋचा घोषले ६ रन जोडिन् । नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् । रासस


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x