काठमाडौँ, भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । त्यसपछि दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो ।
त्यस्तै नेपालका सिमान्त थापाले तेस्रो प्रहारमा गोल गर्दा भुटानका उग्वेन जिग्मेको प्रहार जियारत शेखले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पु¥याए ।
त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । खेलको ५६औँ मिनेटमा भुटानले अग्रता लिएको थियो । जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको गोल भएको थियो ।
भुटान खेलको ७७औँ मिनेटमा १० खेलाडीमा सीमित बन्यो । भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए । किन्जाङले नेपालका खेलाडीमाथि फाउल गरेका थिए । खेलको ७८औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । रातो कार्डपछि नेपालले पाएको फ्रिकिक बलबाट आएको पासबाट निराजन धामीले करिब सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए ।
च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।रासस
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया