Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदनेपाललाई पराजित गर्दै बाङ्ग्लादेश साफ यू-२० च्याम्पिअनशिपको बिजेता

नेपाललाई पराजित गर्दै बाङ्ग्लादेश साफ यू-२० च्याम्पिअनशिपको बिजेता


साफ यू-२० च्याम्पिअनशिपको उपाधिका लागि बुधवार भएको खेलमा बाङ्ग्लादेशले नेपाललाई पराजित गर्दै उपाधि हात पारेको छ । उत्कृष्ट फुटबल खेल्दै नेपालविरुद्ध ४(१ ले विजयी भएको छ।

बाङ्ग्लादेशका मिराजुल इस्लामले फ्रीकिकलाई गोलमा परिणत गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। खेलको ५५औँ मिनेटमा उनले पुनः अर्को गोल गरे भने ७१औँ मिनेटमा रवि हुसेनले तेस्रो गोल थपे।

नेपालका लागि समीर तामाङले ७९औँ मिनेटमा सान्त्वना गोल गरे। तर दोस्रो हाफको अतिरिक्त समयमा बाङ्ग्लादेशका अहमद नोभाले आफ्नो टीमका लागि चौथो गोल गरे। नेपालले खेल अबधिमा फिनिसिङमा कमजोर प्रदर्शन गरेको थियो । यो सँगै बाङ्ग्लादेशले पहिलो पटक उपाधि जित्न सफल भएको छ ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x