हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल आयोजना हुने
काठमाडौं । हिउँ चितुवा र याकको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिमालपारिको जिल्ला मनाङमा मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । आयोजकले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ३ देखि ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुन लागेको जानकारी दिएको हो ।
जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) नेपाल र आन्ट फाउन्डेसनको संयुक्त आयोजना तथा चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिको सहकार्यमा मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागिएको हो । हिउँ चितुवाले हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । हिँउ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि भएकाले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको बाइकोस नेपालका संस्थापक डा.पारसविक्रम सिंहले जानकारी दिए । संस्थाले गतवर्ष भदौ २५ देखि २७ गतेसम्म मनाङका विभिन्न तीन स्थानमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो ।
समूह सतहबाट २६ सय मिटर उचाइमा रहेको तिमाङ र ३२ सय मिटर उचाइमा रहेको मुङ्जी फुटबल मैदानमा सेलिब्रेटी टिम हिमालयन स्नो लिवपर्ड, स्थानीय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याकबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ । नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट टेनिङ सेन्टरको हबको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । पत्रकार सम्मेलनमा फुटबल टिमका टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया