लुम्बिनी लायन्स बन्यो एनपीएलको अक्सनमा सर्वाधिक खर्च गर्ने क्लब
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सहभागी टोली लुम्बिनी लायन्स अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबार काठमाडौंस्थित होटल सोल्टीमा आयोजित अक्सनमा लुम्बिनी लायन्सले सबैभन्दा धेरै ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको हो ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्समा विवेक यादव, सन्दीप जोरा, अर्जुन साउद र सूर्य तामाङजस्ता चर्चित नाम पनि समावेश भएका छन् । लुम्बिनी लायन्सले विवेक यादव, सन्दीप जोरा र सूर्य तामाङलाई खरिद गर्न १५–१५ लाख खर्च गरेको छ भने अन्य खेलाडीहरू; आशुतोष घिरैयालाई १० लाख, तिलकराज भण्डारीलाई १० लाख, दुर्गेश गुप्तालाई आठ लाख, अर्जुन साउदलाई पाँच लाख, दिनेश अधिकारीलाई दुई लाख ७५ हजार, अभिषेक गौतमलाई दुई लाख र विकास अग्रीलाई दुई लाखमा खरिद गरेको छ ।
यस्तै, लुम्बिनी लायन्सले हालै शक्ति गौचनलाई कन्सल्टेन्ट कोच नियुक्त गरेको छ । लुम्बिनी लायन्सका चेयरम्यान ईश्वर जीसीले लुम्बिनी क्रिकेटको शान तथा नेपाली क्रिकेटलाई सधैँ उज्यालो बनाइरहने शक्ति गौचनलाई कन्सल्टेन्ट कोच तथा नेपाली टिमको कप्तानलाई नै मार्की खेलाडीको रूपमा पाउनु नै बुद्धभूमि लुम्बिनीको लागि खुसीको दिन सुरु भएको बताए । लुम्बिनीलाई बुद्ध जन्मभूमिको साथै क्रिकेटको माध्यमले पनि अन्तर्राष्ट्रियरूपमा राम्रो छाप छोड्न कोसिस गर्ने उनले बताए । नेपाल प्रिमियर लिगको अक्सनको सर्ट लिस्टमा कुल एक सय ४२ खेलाडी रहेका थिए । मङ्सिर १६ देखि काठमाडौंमा सुरु हुने नेपाल प्रिमियर लिगमा आठवटा टिम समावेश छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया