भारतलाई पेनाल्टीमा हराउँदै नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा
काठमाडौं,भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा निर्धारित समयमा १९१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोडेकि थिइन ।
दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण ७३ मिनेटपछि रोकिएको खेल सुरु भएको एक मिनेटमै भारतलाई गोल फर्काएको थियो। प्रिती राईको पासमा साबित्रा भण्डारीले नेपालका लागि सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याइपुर्याएकी थिइन्। त्यसअघि भारतले ७२ मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो। पेनाल्टीमा गएको खेलमा भारतको पहिलो प्रहार पोस्टमा लागेर फर्केको थियो भने गोलकिपर अञ्जना राना मगरले चानु सोरो खैबाङको प्रहार रोकेकी थिइन्।
पेनाल्टीमा भारतकी असलता देवीको प्रहार पनि असफल भएपछि नेपालले दुई गोलको अग्रता लियो। नेपाल बाट सावित्रा भण्डारी, गीता राना, सविता राना मगरले पेनाल्टीमा गोल गरे। नेपालले दुई गोलको अग्रता लिइसकेका कारण भारतले पाँचौँ पेनाल्टी प्रहार गर्नु परेन।
नेपालको जितमा उत्कृष्ट योगदान गरेकी साम्बा प्लेअर अफ द म्याच भइन्। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- भारतलाई पेनाल्टीमा हराउँदै नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा
- थाई एयर एसियाको उडान निलम्बित
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया