काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू भएको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजनामा गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल गल्फ टुर २०२४/२५ को पहिलो सिजन सुरु भएको हो ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत सूर्यनेपाल सेन्ट्रल ओपनको पहिलो दिन सोमबार तोरण विक्रम शाही ५–अन्डर ६७को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहेका छन् । उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे । ४–अन्डर ६८ सहित भुवन नगरकोटी र सुनिल केसी संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन् । ३–अन्डर ६९ को स्कोरमा कृष्णमान राजवाहक चौथो स्थानमा रहेका छन् । यस्तै, २–अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा समग्रमा पाँचौँ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन् । यसैगरी भुवन कुमार रोक्कार राजेन्द्र श्रेष्ठ प्रधानले छैटौं स्थान बाँडे । उनीहरूले १–अन्डर ७१ स्कोरगरे । इभन–पार ७२ को स्कोरमा निरज तामाङ, धन बहादुर थापा, रमेश अधिकारी, राजेन्द्र थापा मगर र प्रदिप कुमार लामा संयुक्तरूपमा आठौं स्थानमा रहेका छन् ।
यस्तै, एमेच्योरतर्फ राहुल २–अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई ३ स्ट्रोकलेपछि पार्दै शीर्षस्थानमा रहेका छन् । १–ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन् । डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सदभाव आचार्य भने २–ओभर ७४ सहित तेस्रो स्थानमा छन् । चार दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र तीन वा तीनभन्दा कम ह्यान्डीक्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । ३६ होलपछि कट लागु हुनेछ । उत्कृष्ट २१ प्रोफेसनल तथा एमेच्योर खेलाडीले मात्र अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गर्नेछन् । प्रतियोगिताको कुल नगद पुरस्कार आठ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले एक लाख ५० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः एक लाख र ७५ हजार प्राप्त गर्नेछन् ।
आयेजकका अनुसार सूर्य नेपाल गल्फ टुरको नयाँ सिजनमा कुल आठ प्रतियोगिता सञ्चालन हुनेछन् । पूरा सिजनको कुल नगद पुरस्कार भने ६७ लाख ३२ हजार रहेको छ । गत संस्करणभन्दा यो नगद पुरस्कार राशी पाँच प्रतिशतले वृद्धि भएको हो । आठ प्रतियोगिता विभिन्न चार गल्फ क्लबमा हुने जनाइएको छ । काठमाडौंको गोकर्ण गल्फ क्लब र रोयल नेपाल गल्फ क्लबमा समान तीन/तीन प्रतियोगिता तथा पोखरा र धरानमा एक/एक प्रतियोगिता हुने जनाईएको छ । नगद पुरस्कार राशीको आधारमा सबैभन्दा ठूलो प्रतियोगिता भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ । यसको कुल पुरस्कार १६ लाख १९ हजार रहनेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- रास्वपा नेताहरूविरुद्धको अवहेलना मुद्दा सिधै संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया