Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदपुरुष तर्फको बेस्ट फिफा अबार्ड लियोनल मेसीलाई

पुरुष तर्फको बेस्ट फिफा अबार्ड लियोनल मेसीलाई


काठमाडौं, लियोनल मेसीले यो बर्ष फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड जितेका छन्। पेरिसमा सोमबार राति भएको एक कार्यक्रमका बिच लियोनल मेस्सीले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।

विश्वकप विजेता लियोनल मेस्सीले केलियन एमबाप्पेलाई पछि पार्दै यस पटक फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । गत वर्ष कतारमा एमबाप्पेको फ्रान्स विरुद्धको फाइनलमा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएपछि, मेस्सीले आफ्नो पीएसजी टोलीका साथी र करिम बेन्जेमालाई पछि पार्दै दोस्रो पटक फिफा पुरस्कार सुरक्षित गर्न उत्कृष्ट खेलाडीको भोट जितेका थिए।

३५ वर्षीय फरवार्डले विश्वकपको फाइनलमा दुई गोल गरेका थिए, जुन अर्जेन्टिनाले अतिरिक्त समयमा ३–३ गोलको बराबरी खेल्दै फ्रान्ससँग पेनाल्टीमा जितेको थियो।

उनले फ्रान्स विरुद्धको फाइनलमा दुई गोल सहित कतारमा सात गोल गरे र तीन गोलका लागी अस्ष्टि प्रदान गरेका थिए । क्लब स्तरमा, मेस्सीले (पिएसजी)बाट आफ्नो डेब्यू सिजनमा लिग वान जितेका थिए भने,घरेलु खेलमा आफ्नो जादू जारी राखिराखेका छन् । अवार्ड जित्दै उनले भने  ‘‘ यो एक ठूलो वर्ष भएको छ र यहाँ आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो। मेरो टोलीका साथीहरू बिना म यहाँ हुन सक्दिन।‘ मैले लामो समयदेखि आशा गरेको सपना पूरा गरें। धेरै कम मानिसहरूले त्यो पूरा गर्न सक्छन् र म त्यसो गर्न भाग्यशाली छु’’।

त्यस्तै,अर्जेन्टिनाका लागि इमिलियानो मार्टिनेजको विश्वकपमा राम्रो पर्दशन गरेरे टिमलाई विजेता बनाएपछि उनले यो बर्ष उत्कृष्ट पुरुष गोलकिपर घोषित भएका थिए । अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले म्यानच्येस्टर सिटीका पेप गार्डियोला र रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पादै फिफाको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड हात पार्न सफल रहे । मेस्सी, एमबाप्पे र बेन्जेमासँगै प्रिमियर लिगका खेलाडी भर्जिल भान डाइक, केभिन डी ब्रुइन, कासेमिरो र एर्लिङ हालान्डलाई पुरुष विश्व ११ मा समावेश गरिएको छ।

फिफा २०२२ पुरुष तर्फ उत्कृष्ट ११ खेलाडीहरु
थिबाउट कोर्टोइस, आचराफ हाकिमी, जोआओ क्यान्सेलो, भर्जिल भान डाइक, केभिन डे ब्रुइन, लुका मोड्रिच, कासेमिरो, लियोनेल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा र एर्लिंग हालान्ड।

स्काई स्पोर्टस


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया