Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदलियोनेल स्कालोनी सन् २०२६ सम्म अर्जेन्टिनाको प्रशिक्षकमा रहने

लियोनेल स्कालोनी सन् २०२६ सम्म अर्जेन्टिनाको प्रशिक्षकमा रहने


अजेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी सन् २०२६ सम्म अर्जेन्टिनाको प्रशिक्षकमा रहने गरि सम्झौता लम्ब्याएका छन् । ४४ वर्षीय स्कालोनीले सन् २०२२ को विश्वकपमा फ्रान्सलाई नाटकीय फाइनलमा पेनाल्टीमा पराजित गर्दा आफ्नो देशलाई उपाधी दिलाएका थिए।

उनलाई २०१८ मा अर्जेन्टिना फुटबल संघ (एएफए)ले पशिक्षक भूमिकामा नियुक्त गरिएको थियो । उनले आफ्नो समयमा अर्जेन्टिनाका लागि दुई महत्वपूर्ण उपाधी दिलाउन सफल रहे । उनले २०२१ मा कोपा अमेरिका पनि जितेका थिए। उनको नयाँ सम्झौताले उनलाई संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुने सन् २०२६ को विश्वकप सम्म लैजाने छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया