काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् ।
नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ (क्या)ले जनाएको छ । हिजो भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो ।
युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच एकदिवसीय शृङ्खला चलिरहेको छ । सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै सन्दीपका लागि युएईको ढोका खुलेको हो । राससका अनुसार नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई सर्वोच्च अदालतले राष्ट्रिय टिमको खेल खेल्न विदेश जान अनुमति दिएपछि उनी युएई प्रस्थान गरेका हुन् ।
युएई शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । नेपालले आफ्नो दोस्रो खेल भोलि युएईसँग खेल्नेछ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया