आसिफ र सन्दीपको उत्कृष्ट ब्याटिङमा पपुवा न्युगिनीलाई हराउदै नेपाल बिजयी
काठमाडौं,आईसीसी विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत दुबईमा आफ्नो तेस्रो खेलमा नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गरेको छ।
पीएनजीले ४९.२ ओभर खेल्दै १७९ रन बनाएको थियो। सहज ठानिएको १८० रनको लक्ष्य नेपाली टोलीले ४७.६ ओभरमा सात विकेट गुमाएर १८२ रन बनायो।
ओपनर आसिफ शेखले जीतमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।अन्तिम समयमा सन्दीप लामिछानेले उनीसँग ब्याटिङमा राम्रो साझेदारी गरेका थिए।
सेखले ८६ र लामिछानेले ३५ रन बनाए। आईसीसी विश्वकप लिग-२ शृङ्खलाको अङ्क तालिकामा नेपाल यूएईभन्दा पछाडि छैटौँ स्थानमा छ।
नेपाल, पीएनजी र यूएईबीच प्रतिस्पर्धाको सिलसिला अझै दुई हप्ता यसरी नै चल्नेछ। लिग-२ का ७ राष्ट्रमा बाँकी ४ टोलीले खेल्नुपर्ने ३६ खेल पूरा गरिसकेका छन्।
जारी प्रतिस्पर्धा भने कुन टोली उत्कृष्ट पाँचमा पर्छन् भन्नेमा केन्द्रित छ। शीर्ष पाँच टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सीधै जोगिनेछ।
नेपालको सङ्घर्ष
कप्तान रोहित पौडेल ६ खेलपछि पहिलो पटक टस जित्न असफल भएका थिए।
ओपनर कुशल भुर्तेल इनिङको पहिलो बलमा नै ‘रोयल डक आउट’ भएपछि टोलीलाई सुरुआतमै झट्का लागेको थियो।
त्यस्तो झट्का नेपालले निरन्तर रूपमा बेहोरिरहनु पर्यो।
पाँचौँ ओभरमा ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट भए।त्यसपछि प्रशिक्षक मोन्टी देशाईले टोलीमा स्थान दिएका भीम सार्कीलाई क्रिजमा पठाएका थिए।
तर उनको यो प्रयोग असफल साबित भयो। ३५ बल खेलेर मात्र ८ रन बनाउँदै सार्की पवेलियन फर्किए।
स्थिति थप बिग्रियो। कप्तान पौडेल (१ रन ), आरिफ शेख (१ रन) र दीपेन्द्र सिंह ऐरी (८ रन) लगातार आउट हुन पुगेका थिए।
२२ ओभरमा नेपालले ७४ रन मात्र जोडेको थियो भने टोलीको प्रमुख ६ खेलाडी आउट भइसकेका थिए।
एउटा इन्डमा ओपनर आसिफ शेख डटिरहेका थिए। उनलाई कुशल मल्लले आठौँ विकेटमा केही समय राम्रो साझेदारी गर्दै खेल उकासेका थिए।
तर मल्ल २३ रन बनाएर आउट भएपछि नेपालको मुस्किल फेरी बढेको थियो।
पीएनजीको मध्यम स्कोर
यसअघि पीएनजीले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। ओपनरहरू टोनी उरा र किप्लिन डोरिगाले ११ ओभरसम्म संयमित ब्याटिङ गर्दै ४२ रनको राम्रो साझेदारी गरेका थिए।
स्पिनर सन्दीप लामिछानले डोरिगालाई एलबीडब्लुको धरापमा पारेर यो जोडीलाई तोडिदिएपछि पीएनजी केही समय धरमराएको जस्तो देखियो।
३९ रन बनाएर खेलिरहेका ओपनर उरालाई सोमपाल कामीले कट एण्ड बोल्ड गरेर विपक्षीलाई थप दबाबमा पारे। हिरी हिरीको २६ रनको मद्दतले पीएनजीले १७९ रन सम्म पुग्न सक्यो।
कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए। करण केसी र कुशल मल्लको नाममा १/१ विकेट रह्यो।
यूएईमा आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ४ विकेटले पराजित गरेको थियो।
यसअघि बुधवार भएको खेलमा नेपाल यूएईसँग पराजित भएको थियो।
कसिलो बलिङ गरेको भए पनि ब्याटरहरूले टिकेर खेल्न नसक्दा नेपालले यूएईसँग हार व्योहेरोको थियो।
यूएईसँगको पराजयसँगै नेपालले आइसीसी विश्वकप लिग-२ को पाचौँ स्थानमा उक्लिने अवसर गुमाएको थियो।
साथै नेपालले आइसीसी विश्वकप लिग-२ मा लगातार छैठौँ खेल जितेर कीर्तिमान रच्ने अवसर पनि सदुपयोग गर्न सकेन।
आईसीसी विश्वकप लिग-२ शृङ्खला अन्तर्गत नेपालमा भएका चार खेल जितेर टोली यूएई पुगेको थियो।(बीबीसी)
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया