Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदविश्वकप क्रिकेट लिग–२ः नेपालद्वारा पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य

विश्वकप क्रिकेट लिग–२ः नेपालद्वारा पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य


काठमाडौं,आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।

नेपालका लागि आशिफ शेखले पहिलो एकदिवसीय शतक सहित ११० रन प्रहार गरेका थिए । उनले १०१ बलमा शतक पूरा गरेका थिए। उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै शतक पूरा गरेका हुन् ।

आजको खेलमा कुशल भुर्तेलले ५६ बलमा ४५ रन बनाउँदै आउट भए भने रोहित पौडेलले ३९ बलमा ३० रन बनाए,भिम सार्कीले ४४ रन,आरिफ सेख १५ रन बनाएका थिए ।

विश्वकप लिग–२ को शीर्ष तीन भित्र रहन नेपाललाई जारी शृङ्खलाका चारै खेलमा जित आवश्क छ । एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई चारमध्ये दुई खेल जित्न जरुरी छ । सात देश सम्मिलित लिग–२ मा नेपालले हालसम्म ३२ खेलबाट ३२ अङ्क जोडेको छ । नेपाल पाँचौँ स्थानमा छ ।

पपुवा न्युगिनीलाई जारी शृङ्खलामा जित हारले केही फरक पर्ने देखिदैन । पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । उसले हालसम्म ३२ खेलबाट नौ अङ्क जोडेको छ ।

नेपाल जस्तै युनाइटेड अरब इमिरेट्स (युएई) का लागि पनि अन्तिम शृङ्खला महत्वपूर्ण छ । उसले हालसम्म खेलेका ३२ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको छैटौँ स्थानमा छ । जारी शृङ्खलाका चारै खेल जिते उसले विश्वकपमा स्थान बनाउने छ । फराकिलो अन्तरले दुई खेल जितेमा युएईले एकदिवसीय मान्यता जोगाउने छ अन्यथा उसले तीन खेल भने जित्नै पर्ने अवस्था छ । नेपालमा आजदेखि सुरु भएको लिग–२ को शृङ्खला अन्तिम हो ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया