Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदजगदम्बा स्टिल्स १३औँ जितपुर सिमरा गोल्ड कप हुने

जगदम्बा स्टिल्स १३औँ जितपुर सिमरा गोल्ड कप हुने


काठमाडौं । नव जनजागृति युवा क्लब सिमराको आयोजनामा जगदम्बा स्टिल्स १३औँ जितपुर सिमरा गोल्ड कप हुने भएको छ । क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी चैत ९ देखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।

उक्त प्रतियोगिता बाराको सिमरा रंगशालामा हुनेछ । प्रतियोगिता आयोजना गर्न कुल खर्च एक करोड छ लाख ७७ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जगदम्बा १२औँ जितपुर सिमरा गोल्ड कपमा ८३ लाख १२ हजार पाँच सय रुपैयाँ खर्च भएको थियो ।

प्रतियोगितामा मुख्य सहयोगी जितपुरसिमरा उपमहानगरपालिका छ । उपमहानगरले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने आयोजकले जनाएको छ । १२औँ गोल्ड कपका लागि उपमहानगरले २५ लाख रुपैयाँ सहयोग गरेको थियो । यस्तै प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा स्टिल्स.लि. रहेको छ भने सहप्रायोजकमा सूर्य नेपाल र हुलास स्टिल छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले १० लाख, दोस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै सर्वोकृष्ट खेलाडीले एक थान मोटरसाइकल÷स्कुटी पुरस्कार पाउनेछन् । यस्तै विधागत पुरस्कार उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्ड, फरवार्ड, प्रशिक्षक, हाई स्कोररले २० हजार रुपैयाँ पाउनेछन् भने प्रत्येक दिनको उत्कृष्ट खेलाडी म्यान अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् । यसैगरी स्थानीय उदीयमान खेलाडीलाई पुरस्कारस्वरुप १५ हजार रुपैयाँ उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । गत वर्षको विजेता एनआरटी, उपविजेता एपीएफसी, हिमालयन शेर्पा क्लब, चर्च बोयज युनाइटेड, सातदोबाटो युथ क्लब, केबीए ग्लोबल बीएफसी चितवन, मकवानपुर ११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक नव जनजागृति युवा क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जानकारी दिएको हो । प्रतियोगिता हेर्न टिकटमा विद्यार्थीहरुको लागि ५० प्रतिशत छुट गरिएको छ भने अपांग, अशक्त र ७० वर्षभन्दा माथि पूरै छुट गरिएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया