Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदआइसीसी लिग–२आसिफको सतकमा यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

आइसीसी लिग–२आसिफको सतकमा यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य


काठमाडौं,काठमाडौं,आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अन्तिम निर्णायक खेलमा यूनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितका लागि तीन सय ११ रनको बिशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले पहिला ब्याटिङ गरेको (यूएई)ले ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १० रन बनायो ।

यूएईका लागि ब्याटर मुहम्मद वसीम ६३ रन, चुन्दंगापोयल रिजवान ७, आर्यन लाक्रा ६ रन,आयान अफजल खान ३, रोहन मुस्तफा २० रन प्रहार गरेका थिए । सुरुवातबाटै समालिएर खेलेका वृत्य अरविन्दले उत्कृष्ट ९४ रनको पारि खेल्दा आसिफ खानले नटआउट १०१ रनको आक्रमक सतकिए फिनिसिङ गरि नेपाललाई तीन सय ११ रनको विजयी लक्ष्य प्रस्तुत गरे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी २ विकेट, ललित राजवंशी १ सन्दीप लामिछानेले १,र सोमपाल कामीले १ विकेट लिदा १ विकेट रनआउटमा मिलेको थियो ।

विभिन्न सात राष्ट सहभागी शृङ्खलाको यो अन्तिम खेल हो । सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।

नेपाल लिग–२ मा ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शिर्ष र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया