क्रिकेट विश्व कप लिग–२ नेपालले चौथो विकेट गुमायो
काठमाडौं, आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । ओपनर ब्याटर कुशल भुर्तेल ५० रन बनाएर आउट भएका छन् । उनले भिम सर्कीसँग मिलेर नेपालको इनिङलाई अगाडी बढाइरहेका थिए । भिम सार्की २४ रन बनाएर खेलीरहेका छन् । भने आरिफ शेख उनलाई साथ दिन आउका छन् । नेपालल अर्का ओपनर आसिफ शेख ०,कुशल मल्ल ५ र कप्तान रोहित पौडेल १६ रनमा गुमाईसकेको छ ।
आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अन्तिम निर्णायक खेलमा यूनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितका लागि तीन सय ११ रनको बिशाल लक्ष्य दिएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले पहिला ब्याटिङ गरेको (यूएई)ले ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १० रन बनायो ।
यूएईका लागि ब्याटर मुहम्मद वसीम ६३ रन, चुन्दंगापोयल रिजवान ७, आर्यन लाक्रा ६ रन,आयान अफजल खान ३, रोहन मुस्तफा २० रन प्रहार गरेका थिए । सुरुवातबाटै समालिएर खेलेका वृत्य अरविन्दले उत्कृष्ट ९४ रनको पारि खेल्दा आसिफ खानले नटआउट १०१ रनको आक्रमक सतकिए फिनिसिङ गरि नेपाललाई तीन सय ११ रनको विजयी लक्ष्य प्रस्तुत गरे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी २ विकेट, ललित राजवंशी १ सन्दीप लामिछानेले १,र सोमपाल कामीले १ विकेट लिदा १ विकेट रनआउटमा मिलेको थियो ।विभिन्न सात राष्ट सहभागी शृङ्खलाको यो अन्तिम खेल हो । सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ ।
यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।
नेपाल लिग–२ मा ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शिर्ष र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया