मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गरेका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा आइतबार सुर्खेतमा आयोजित १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले कर्णाली खेल क्षेत्रको समेत उर्वरभूमि भएको राससलाई बताए । “कर्णालीले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स नेपालको नाम चिनाउने हरिबहादुर रोकायजस्ता ख्याती प्राप्त म्याराथुन धावक जन्माएको छ”, उनले भने, “उहाँको प्रेरणाले पछिल्लो समयमा खेल क्षेत्रमा प्रगति भइरहेको छ ।”
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने गरी प्रदेश सरकारले गौरवको आयोजना रङ्गशाला निर्माणको कार्यलाई तदरुकताका साथ अगाडि बढाएको मुख्यमन्त्री शर्माले बताए । ‘कर्णाली दौडिन्छ’ भन्ने मूल नारा बोकेर अगाडि बढेको प्रदेश सरकारले खेल क्षेत्रको विकास र खेलाडीको बृहत्तर हितमा काम गर्ने उनको भनाइ थियो ।
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूगोल, हावापानी र आर्थिक विपन्नताबाट गुज्रिएको कर्णालीले पछिल्लो समयमा खेल क्षेत्रमा उल्लेख्य विकास गरेको बताए । सबै सरकारहरुले विभिन्न विधालाई प्राथमिकता दिएर भूगोल र आवश्यकताका आधारमा योजना निर्माण गरी बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले व्यक्तिभित्रको क्षमतालाई प्रस्फुटन गर्न कर्णालीमा पूर्वाधारको अभाव भएको जनाए । यति हुँदाहुँदै पनि कर्णालीले आफ्नो पहिचान र श्रेष्ठ कायम गर्दै आएको उनको भनाइ थियो । नेता कँडेलले खेललाई व्यवस्थित र विकास गर्दै लैजान कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिए ।
नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले मानव जीवनको स्वास्थ्य र समृद्ध राष्ट्रका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धाराणा व्यक्त गरे । स्वस्थ नागरिक निर्माण र राष्ट्रको गौरव बढाउन खेलाडी र युवाको प्रधान भूमिकालाई विशेष महत्वका साथ हेरिनुपर्ने उनको भनाइ थियो ।
कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोदजङ्ग हमालले कर्णालीको खेल क्षेत्रको विकासका लागि विभागीय मन्त्रालयको सचिव कर्णालीकै हुनुपर्नेमा जोड दिए । बाहिरबाट आउनेले कर्णाली नबुझिदिनाले यसका लागि चाहिने आवश्यक बजेट विनियोजनमा समस्या भएको उनको गुनासो थियो ।
खेलमा कीर्तिमानी धावक रोकायले ओलम्पिक टर्च बालेर मार्च पास गरे । उक्त विभिन्न विधामा सञ्चालन हुने राष्ट्रपति रनिङ् शिल्ड छनोट प्रतियोगितामा हुम्लाबाहेक नौ जिल्लाका खेलाडी र प्रशिक्षक गरेर सात सय ८४ भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । आजबाट सञ्चालन भएको सो प्रतियोगिता यही वैशाख ५ गते सम्पन्न हुनेछ ।
प्रतियोगितको पहिलो दिन नौ जिल्लाका खेलाडीहरुको मार्चपास, सांस्कृतिक झाँकी, हुड्के नृत्य, सुर्खेती झ्याउरे तथा टप्पा नाचसहित मार्सल आर्टका विभिन्न विधाका खेल प्रर्दशन गरिएको थियो ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया