एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो
काठमाडौँ, एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै दुई खेल खेलेको नेपालले चार अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
खेलमा नेपालले जितको लागि दिएको तीन सय ११ रनको लक्ष्य पच्छ्याएको ओमान ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २६ रनमा समेटियो । ओमानका खेलाडी अकिब इलियास क्रिजमा व्याटिङ गर्न नआई घाइते भएपछि उनी रिटायर्ट आउट भए र नेपालको जित सुनिश्चित हुन पुग्यो ।
ओमानको लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रनको योगदान दिए । ८४ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ६५ रन बनाएका हुन् । यसैगरी सन्दिप गौडले ४६ रनको योगदान दिए भने कस्यप प्रजापतिले २५ तथा फायज बुट्टले १९ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान तीन÷तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवशीले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय १० रनको योगफल बनाएको हो । यो नेपालले एक दिवसीय खेलमा हालसम्मकै उच्च योगफल बनाएको हो । यसअघि घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा दुई सय ९७ रन थियो ।
नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । ६४ बल खेलेका उनले सर्वाधिक एक सय आठ रनको योगदान गरे । उनले १० छक्का र ९ चौकाको मद्दतमा एक सय आठ रनको योगदान गरेका हुन् । खेलको सुरुआती समयमा उत्कृष्ट हुन नसकेको खेलमा नेपालका मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुुगेको थियो ।
नेपाली टोलीको स्कोर शून्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८औँ बलमा रनको खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए ।
पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए । यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका हुन । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।
बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक÷एक विकेट झारे ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ ।
त्यस्तै समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स ९युएई०, हङकङ, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली स्पीनर सन्दीप लामिछानेले नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । उनले कम खेलमा एक सय विकेट लिने विश्वका पहिलो बलर बने । उनले ओमानका खेलाडी अदिल शफिकको विकेट लिएसँगै कम खेलमा एक सय विकेट लिने विश्वको पहिलो बलर बन्न सफल भएका हुन् ।
उनले ४२ खेल खेलेर एक सय विकेट पूरा गरेका हुन् । त्यस्तै लामिछाने एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट खेलमा एक सय विकेट लिने नेपालको पहिलो बलरसमेत बने । अघिल्लो महिना घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिमलाई आउट गराएपछि उनको विकेटको संख्या ९९ पुगेको थियो । लामिछानेले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्धको एक दिवसीय खेलबाट डेब्यु गरेका थिए ।
यसअघि उक्त कीर्तिमान अफगानिस्तानको खेलाडी राशिद खानले बनाएका थिए । खानले सन् २०१५ मा ४४ खेल खेलेर उक्त कीर्तिमान बनाएका थिए ।
कुशलको एकदिवसीय खेलमा पहिलो शतकरएकै खेलमा धेरै छक्का प्रहार गर्ने नेपालका पहिलो खेलाडी बने । बायाँ हाते नेपाली युवा ब्याटर कुशल मल्लले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन् । आजको खेलमा छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका मल्लले ५९ बलमा शतक पूरा गरेका हुन् ।
यसअघि नेपालका लागि पूर्वकप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । मल्लले सन् २०२० मा घरेलु मैदानमा आयोजना भएको विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका विरुद्धको खेलबाट डेब्यु गरेका थिए ।
त्यस्तै उनले नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितको एकै खेलमा सर्वाधिक छक्का हान्ने पहिलो खेलाडीसमेत बनेका छन् । उनले ओमानविरुद्धको खेलमा ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे । उनले एक सय आठ रनको शतकीय पारी खेलेका थिए ।
अन्तर्राष्ट्रिय खेलमा नेपालका अन्य कुनै ब्याटरले १० छक्का प्रहार गर्ने सकेका छैनन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले एकै खेलमा समान ९ छक्का प्रहार गरेका थिए ।रासस
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया