एसिसी प्रिमियर कप : नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो ।
खेल चलिरहदा अहिले नेपालले ३ विकेट गुमाएर १९.४ ओभरमा १२२ रन बनाएको छ । कुशल भुर्तेल ४३ आसिफ शेख ३१ भीम सार्की १ रन बनाएर आउट हुदाँ कुशल मल्ल र रोहित पौडेल मैदानमा रन बनाएर खेलिरहेका छन् । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की छन् ।
यस्तै अर्को सेमिफाइनल खेल ओमान र युनाइटेड अरब इमिरेटस् -युएई_ बीच भइरहेको छ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुँदै छ । युएईविरुद्धको खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया