वर्षाले एसीसी प्रिमिअर कपको फाइनल खेल बिथोलिएमा के हुन्छ?
काठमाडौं,नेपाल र यूएईबीच सोमवार (आज) हुने एसीसी प्रिमिअर कप क्रिकेटको बहुप्रतीक्षित फाइनल खेल वर्षाले बिथोलेमा के हुन्छ?
कतिपय क्रिकेट प्रेमीहरूले यो विषयमा चासो राखिरहेका छन्।काठमाण्डूको कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा भइरहेको प्रतियोगिताका पछिल्ला खेलहरू वर्षाका कारण नमज्जाले प्रभावित भइसकेकोले क्रिकेट प्रेमीहरू वर्षाको नियमबारे जान्न उत्सुक देखिएका छन्।
विगत तीन दिनदेखि परेको झरीले दुवै सेमिफाइनल र तेस्रो स्थानको लागि भएको खेल प्रभावित भएका थिए।जसका कारण खेलको नतिजाका लागि अन्य नियमहरूको सहारा लिइयो।
नेपाल र कुवेतबीच कीर्तिपुर क्रिकेट मैदानमा भएको खेल न्यूनतम आवश्यक ओभरको खेल नभएपछि रद्द भयो। समूह चरणको शीर्ष स्थानमा रहेको आधारमा नेपालले फाइनलमा स्थान बनाउन सक्यो।
मुलपानीमा भएको ओमान र यूएईबीचको सेमिफाइनलको नतिजा भने डकवर्थ लुइस (डीएलएस) पद्धतिको आधारमा तय गरियो जसमा यूएई २ रनले विजयी भयो।
तेस्रो स्थानका लागि ओमान र कुवेतबीचको खेल पनि वर्षाले बिथोलिए पछि एकदिवसीय वरीयतामा कुवेत भन्दा माथि रहेका आधारमा ओमानले उपाधि प्राप्त गर्यो।प्रतियोगितामा तेस्रो भएसँगै ओमान इमर्जिङ टिम्स एसिया कपमा छनोट हुन सफल भयो। के फाइनलमा पनि पानी पर्ने पूर्वानुमान छ?
वर्षा हुने पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बिहान काठमाण्डूमा हुरी बतास चल्ने र दिउँसो पानी पर्न सक्ने सम्भावना उच्च देखिएको छ।
सोमवार केही कारण खेल रद्द भए मङ्गलवार पुनः खेल सञ्चालन हुने गरी ‘रिजर्भ डे’ राखिएको छ। तर मङ्गलवार पनि काठमाण्डूमा वर्षा हुने अनुमान गरिएको छ। मङ्गलवार वर्षाको सम्भावना उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पानीले खेल बिथोलेमा
यस्तो अवस्थाका लागि एसियाली क्रिकेट परिषद्ले ‘प्लेइङ कन्डिसन’ बारे स्पष्ट नियमहरू उल्लेख गरेको छ।
यदि दोस्रो इनिङ्सको कम्तीमा २० ओभरको खेल भइसकेको अवस्थामा खेलको नतिजा डीएलएस प्रणालीमा गरिनेछ।
तर २० ओभर नपुग्दै वर्षाले अवरुद्ध भएको अवस्थामा भने खेल रद्द हुनेछ।
फाइनल खेल ‘टाई हुन पुगेमा’ वा ‘कुनै नतिजा ननिस्केको’ अवस्थामा खेलको निर्णय ‘सुपर ओभर’ बाट हुनेछ।
नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार ‘सुपर ओभर’ पनि बराबरी भएमा फेरि अर्को एउटा ‘सुपर ओभर’ मार्फत नतिजा निकाल्ने प्रयास गरिनेछ। तर खेल रद्द हुने अवस्था बन्यो भने खेल ‘रिजर्भ डे’ मा धकेलिनेछ।
‘रिजर्भ डे’
‘रिजर्भ डे’ को नियम पनि पहिलो दिनको फाइनलकै जस्तै हो।यदि ‘रिजर्भ डे’ मा पनि ‘खेल रद्द’ हुन पुग्यो र ‘सुपर ओभर’ को पनि सम्भावना देखिएन भने चाहिँ विजेताको छिनोफानो दुई टोलीको आइसीसी एकदिवसीय वरीयताको आधारमा गरिनेछ।
त्यसो भएमा नेपाल फाइनलको विजेता बन्नेछ।किनकि एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ।
कार्यवाहक सचिव पाठक भन्छन्, “’प्लेइङ कन्डिसन’ मा यो नियम उल्लेख गरिएको छ”।प्रिमिअर कप विजेता एसिया कपका लागि छनोट हुनेछ। त्यहाँ छानिएको टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपको समूह ‘ए’ मा पर्नेछ। जहाँ भारत र पाकिस्तान जस्ता देशका राष्ट्रिय टोली छन्।
यस्तै समूह ‘बी’ मा श्रीलङ्का, अफगानिस्तान र बाङ्गलादेश रहेका छन्।एसिया कपको १३ औँ संस्करण सेप्टेम्बरमा पाकिस्तानमा हुन लागेको छ। (बीबीसी)
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया