Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदराष्ट्रिय पुरुष खुला तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने

राष्ट्रिय पुरुष खुला तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने


काठमाडौं । राष्ट्रिय पुरुष खुला तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । नेपाल क्योकुसिन कराते डो संघ बज्र (आईकेओबी) अन्तर्राष्ट्रिय कराते संगठनको वार्षिक कार्यक्रमअनुसार वैशाख २२ र २३ गते ‘२१औँ राष्ट्रिय पुरुष खुला एवं १४औँ राष्ट्रिय महिला तौल समूह’ फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा सातवटै प्रदेशबाट पुरुष खुलातर्फ ६५ जना र महिला तौल समूहतर्फ ५५ जना खेलाडीहरूले भाग लिने नेपाल क्योकुसिन कराते डो संघ बज्रका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ । यस पटकको प्रतियोगिता उत्कृष्ट एवं उच्च स्तरको हुने उनले बताए ।

यस्तै नेपाल क्योकुसिन कराते डो संघको माध्यमबाट नेपालमा मार्सल आर्ट वैधानिक भएको पनि मानन्धरले बताए । उनका अनुसार नेपाल क्योकुसिन कराते डो संघ बज्र नेपालमा सर्वसाधारणका लागि सबैभन्दा पहिला खुलेको मार्सल आर्टको डोजो हो । यसले विश्व कराते प्रतियोगितामा सम्मानजनक उपस्थिति प्रदर्शन गर्दै आएको छ । एसियाली कराते प्रतियोगितामा सन् १९८२ र सन् १९९४ मा दुई पटक स्वर्ण पदक प्राप्त गर्न सफल भएको थियो । साथै नियमित रूपमा राष्ट्रिय प्रतियोगिताहरू र विभिन्न जिल्लामा उपशाखा डोजोहरू सञ्चालन भइरहेको पनि जानकारी गराए ।

लामो समयसम्म मार्सल आर्टको गहन अभ्यास र अध्ययनपश्चात् महागुरु जगतप्रसाद गौचनद्वारा नयाँ मार्सल आर्टको विधा बज्र कराते प्रतिपादन गरेका थिए । हाल क्योकुशिन बज्र करातेको विभिन्न मुलुकहरूमा शाखा डोजो खोल्ने क्रम जारी छ । भविष्यमा बज्र कराते पनि विश्वव्यापीरूपमा लोकप्रिय मार्सल आर्ट विधाको रूपमा स्थापित हुने मानन्धरको भनाइ छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया