तेस्रो मेयर कप फुटबल प्रतियोगितामा हेटौडा उपमहानगर वडा नं -११ बिजयी
बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि जेष्ठ १५ गतेबाट सुरु भएको तेस्रो मेयर कप वडास्तरीय फुटबल प्रतियोगितामा हेटौडा उपमहानगरपालिका वार्ड नं ११ ले विजय भएको छ। शनिबार हेटौडा उपमहानगरपालिका -५ स्थित क्याम्पाडाडामा भएको फाइनल खेलमा हेटौडा ११ र १५ बीच फाइनल प्रतिस्पर्धा भएको थियो। तोकिएको ९० मिनटमा खेल बराबरी भएपछि ट्राइबेकारमा हेटौडा (११ ले १५ लाई ४-३ गोलले पराजित गरेको हो।
प्रथम हुने बिजयी टिमले २ लाख नगदका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै,उपविजेता हेटौडा-१५ ले नगद १ लाख नगद र शिल्ड प्रमाणपत्र पाएको थियो । त्यस्तै,हेटौडा १३ र १४ वडाले सान्त्वनाका स्वरुप नगद ५० र५० हजार र शिल्ड प्रमाणपत्र प्राप्त गरेका थिए। हेटौडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाका अध्यक्ष चन्द्र शाहीको अध्यक्षता र हेटौडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको खेलकुद कार्यक्रममा उपमेयर राजेश बानिया , हेटौडा उपमहानगरका निबर्तमान मेयर हरिबोल महत,बिभिन्न वडाध्यक्षहरु जुना दाहाल,सबिन न्यौपाने, सुनिल मोक्तान,सुकराम केसी ,बिष्णु दाहाल साथै अन्य जनप्रतिनिधिहरु र मकवानपुर जिल्ला खेलकुद बिकास समिति अध्यक्ष भेष खड्की लगायतको उपस्थिति रहेको थियो।
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया