Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदछैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार

छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार


काठमाडौं । छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा एक सय ५० पुरुष र ४० महिला गरी कुल एक सय ९० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल रविभवनस्थित नाथम कलेजमा हुने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए । त्यसअघि शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट हुने भएको छ । प्रतियोगिताबाट समान १०–१० पुरुष/महिला खेलाडी फाइनल चरणका लागि छनोट हुने आयोजकले जनाएको छ । पुरुष/महिलामा एक/एक गरी दुई प्रतिस्पर्धामा खेल हुनेछ । दुवैमा फ्रिस्टायल बेस्ट रनमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव सत्य थापाले जानकारी दिए ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुने लागेको यो तेस्रोपटक हो । बाँकी तीन संस्करण पोखरामा भएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया