राष्ट्रिय स्केटबोर्डमा विजय र समीक्षालाई उपाधि
काठमाडौं । विजय लिम्बू र समीक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलामा समीक्षा पहिलो भएका हुन् ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा वसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए । महिलामा स्वाति श्रेष्ठ दोश्रो तथा अर्लिन लामा तेश्रो स्थानमा रहे । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
रविभवनस्थित नाथम कलेजमा भएको प्रतियोगिताका विजेतालाई संघीय सांसद शोभिता गौतम, आयोजक संघका अध्यक्ष अच्युत खनाल, सचिव दिनेश बजगाईंलगायतले एक कार्यक्रमका बीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए।
प्रतियोगिताको पुरुषतर्फ एक सय ५० तथा महिलातर्फ ४० गरी एक सय ९० खेलाडी सहभागी थिए । शुक्रबार खेलाडीको छनोट प्रतियोगिता भने सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको थियो। त्यसबाट पुरुष÷महिलामा समान १०÷१० खेलाडी फाइनल चरणलाई छनोट गरिएको थियो। काठमाडौंमा राष्ट्रिय प्रतियोगिता भएको यो तेश्रो पटक हो । बाँकीका तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया