Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जनसङ्गीतकार वाग्लेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

सङ्गीतकार वाग्लेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान


काठमाडौं । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले सङ्गीतकार बिपी वाग्लेलाई सङ्गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ प्रदान गरेको छ ।

नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशकसम्म क्रियाशील वाग्लेले नेपाल सरकारबाट प्रमाणपत्रसहित एक लाख रुपैयाँ नगद पुरस्कार समेत पाएका छन् । काठमाडौंको सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित सो कार्यक्रममा काठमाडौं क्षेत्रका नौ जना प्रतिभावान् व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको थियो । सङ्गीतकार वाग्लेलाई असाधारण सिर्जनशीलता, उद्यमशीलता र नेपाली युवामा आफ्नो गीत÷सङ्गीतको माध्यमबाट सकारात्मक प्रभाव पारेको भन्दै देशव्यापीरुपमा प्राप्त आवेदकहरुमध्येबाट सर्वोत्कृष्ट युवा प्रतिभा घोषित गरिएको हो । विशेषगरी बालबालिकाका लागि उनले आफ्नो साङ्गीतिक प्रयास प्रस्तुत गरेका छन् । मनोरञ्जनका अलावा सामाजिक चेतना, रुपान्तरण र समग्र सामाजिक विकासमा केन्द्रित वाग्लेका गीतहरु आज नेपाली समाजको प्रमुख साङ्गीतिक विकल्प बन्दै गएका छन् ।

उक्त समारोहमा वाग्लेले बालबालिकाको मनोरञ्जन र मनोवैज्ञानिक विकासका लागि थप गीतहरु निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो कार्यक्रमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले सम्बोधन गरेका थिए । सचिव अर्यालले राष्ट्रिय युवा प्रतिभा पुरस्कारले सम्मानित हुने व्यक्तित्वहरुको कलात्मक उपलब्धिलाई मात्र होइन बृहत् मानवीय फाइदाका लागि उनीहरुले देखाएको समर्पणलाई पनि जोड दिएको बताएका थिए । कार्यक्रममा नेपाल सरकारका विशिष्ट व्यक्तिहरु, मन्त्रालयका सचिवहरु, सहसचिव तथा अधिकृतहरु, नागरिक समाजका व्यक्तिहरुलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x