Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जनबन्दीपुरमा तीज सप्ताहन्न उत्सव

बन्दीपुरमा तीज सप्ताहन्न उत्सव


काठमाडौं  । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा ‘तीज सप्ताहन्न उत्सव’ सुरु भएको छ । सो उत्सवको शनिबार नेपाली फिल्म क्षेत्रका सफल कलाकार राजेश हमालले शुभारम्भ गरेका छन् । खड्गदेवी मन्दिर परिसरमा आयोजना हुने सो उत्सवमा नेपालकै ठूलो पुरस्कार राशिको खुला ‘तीज गीत प्रतियोगिता’ सांस्कृतिक कन्सर्ट, सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रस्तुति हुनेछ । शनिबार बिहान केवलकारचोकमा भगवान् शिवको विशेष पूजा गरी केबलकार जात्रा सुरु गरिएको थियो । त्यस्तै, दिउँसो १ बजे खड्गदेवी मन्दिर पुगेर विशेष पूजा गरी उत्सवको औपचारिकरूपमा भव्य उद्घाटन गरिएको कार्यक्रम संयोजक किरण पोख्रेलले बताए ।

कार्यक्रम उल्लासयरूपमा बन्दीपुरलाई चिनाउने गरी तयार गरिएको आयोजकले दाबी गरेको छ । पहिलोपटक बन्दीपुरका सबै सङ्घसंस्थाहरू मिलेर आयोजन गरिएको यस कार्यक्रमको संरक्षण बन्दीपुर गाउँपालिका आफैँले गरेको छ । कार्यक्रमको मुख्य व्यवस्थापन बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले गरेको छ । पुरस्कारको प्रायोजन चन्द्र निर्माण सेवा प्रालि, डिजाइन स्टेसन प्रालि, केज कन्सल्टेन्ट प्रालि, बिज बजार लिमिटेडलगायत कम्पनीले गरेका छन् । बन्दीपुरका सबै सङ्घसंस्थाहरू र स्थानीयवासीहरूले आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।

यस अवसरमा सहभागीहरूलाई बन्दीपुरको केबलकारमा दोहोरो सवारीमा तीन सय ५० रुपैयाँमा चढ्ने व्यवस्था गरिएको छ । साथै, कार्यक्रमको सहयोगको लागि प्रतिटिकट २५ रुपैयाँ दिने केबलकार कम्पनीले घोषणा गरेको छ । प्रत्येक दिन साँझ सांस्कृतिक कार्यक्रम र दिव्य महाआरती हुने आयोजकले बताएको छ । कार्यक्रम २२ गतेसम्म निरन्तर सञ्चालन हुनेछ ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x