Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगोरखनाथ आश्रमद्वारा दैनिक मजदुर श्रमिकहरूलाई खाना खुवाइँदै

गोरखनाथ आश्रमद्वारा दैनिक मजदुर श्रमिकहरूलाई खाना खुवाइँदै


काठमाडौं, वैशाख १६
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ ले गर्दा मानव जीवन अस्तव्यस्त बनिरहेको अवस्थामा कोरोना करहको लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका पीडित मजदुरहरूलाई गोरखनाथ आश्रमले खाना खुवाउँदै आएको छ । हाँडीगाउँ पञ्चेधारा स्थित आश्रमले विगत २४ दिनदेखि वीर अस्पतालअगाडिको हाल खाली बसपार्क, वसन्तपुर, थापाथली राममन्दिर, कलंकी साथै कोटेश्वरमा दैनिक अलपत्र परेका पीडित मजदुरहरूलाई खानाको व्यवस्था गर्दै आएको यस अभियानका संयोजक महाराज योगी विश्वनाथ सन्तले बताए । जहाँ–जहाँ खानाको अभाव, त्यहाँ त्यहाँ गोरखानाथ आश्रम भन्ने उद्देश्यले दैनिक १३ देखि १५ सय जना मजदुरहरूलाई खाना खुवाउँदै गरेको उनले जानकारी दिए ।

योगी विश्वनाथका अनुसार दैनिक दुई सय केजी चामल, ५० केजी आँटा, एक सय केजी दाल, ५० केजी सब्जीको व्यवस्था हाम्रो आश्रमले गरेको छ । युवा समाजसेवी स्वयंसेवकहरू र गोरक्ष सेवकलगायतले यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै सहयोग गरिरहेको योगी विश्वनाथले बताए । जागो गोरक्ष जागोका गोरख सेवकहरूको समूहले दैनिक अहोरात्र खटेर खाना बनाउने र वितरण गर्ने कार्य गर्दै आएको र पछिल्लो समय काठमाडौँ महानगरपालिकाले समेत खाद्यान्न सयहोग गर्दै आएको छ ।

यसैगरी अन्य विभिन्न समाजसेवी व्यक्तित्वलगायत एकीकृत ग्रामीण विकास केन्द्र, नेपाल प्रहरी श्रीमती संघद्वारा सञ्चालित आसरा केन्द्र रानीबारीले समेत केही खाद्यान्न, तरकारी सहयोग गरेको आश्रमले जनाएको छ । आश्रमले श्रमिक मजदुरहरूलाई मात्र नभएर अलपत्र परेका, पीडित दुःखी र राहत नपाएका भोकाहरू सम्पूर्णलाई काठमाडौँको विभिन्न स्थानहरूबाट खाना वितरण गर्ने गर्दै आएको र लकडाउन अवधिभर यस खाना खुवाउने कार्यलाई निरन्तरता दिने आश्रमले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x