Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालगञ्जमा साढे दुई करोड बढीको राहत वितरण

नेपालगञ्जमा साढे दुई करोड बढीको राहत वितरण


बाँके, वैशाख २३
नेपालगञ्ज उप–महानगरपालिकाले राहत वितरणमा अढाइ करोड बढी खर्च गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाले स्थायी बसोबास गरिरहेका विपन्न परिवारलाई प्रतिपरिवार एक हजार सात सय ५० रूपैयाँको दरले खाद्यान्न सहयोग गरेको छ । आइतबारसम्म १२ हजार छ सय ४६ परिवारलाई दुई करोड २१ लाख ३० हजार पाँच सय रूपैयाँबराबरको राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

यसैगरी भाडामा बस्ने विपन्न घर परिवार र विद्यार्थीहरूलाई गरी आइतबारसम्म तीन हजार नौ सय ७१ जनालाई राहत वितरण गरिएको छ । प्रतिव्यक्ति एक हजार दुई सय एक रूपैयाँका दरले ४७ लाख ६९ हजार एक सय ७१ रूपैयाँको राहत वितरण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसीका अनुसार स्थायी रूपमा बसोबास गर्ने विपन्न घरपरिवार र भाडामा बस्ने तथा विद्यार्थीहरूलाई गरी दुई करोड ६८ लाख ९९ हजार छ सय ७१ रूपैयाँ बराबरको राहत वितरण गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले स्थायी बसोबास गरेकालाई पहिलो चरणमा राहत वितरण गरी दोस्रो चरणमा भाडामा बस्ने तथा विद्यार्थीलाई राहत वितरण गरिएको जानकारी दिए । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमख उमा थापा मगरका अनुसार राहत वितरण कार्य केही वडामा जारी रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x