Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालछ जना उपचारपछि डिस्चार्ज

छ जना उपचारपछि डिस्चार्ज


काठमाडौं, वैशाख २५
विराटनगरको कोशी अस्पतालबाट बुधबार छ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । उनीहरु सबै भारतीय नागरिक हुन् । उपचार गराइरहेका ३१ मध्ये छ जना निको भई अस्पतालबाट फर्केका छन् । धार्मिककार्य गर्न भारतबाट १३ जनाको जमात (समूह) बनाएर आएका ती जमाती (समूह सदस्य)लाई कोरोनाको सङ्क्रमण देखिएपछि प्रदेश सरकारले विशेष सुरक्षासहित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा ल्याएको थियो । उनीहरूलाई वैशाख ५ र ६ गते उदयपुर जिल्लाको भुल्केबाट ल्याइएको थियो ।

यी जमातीहरू गत मङ्सिर २६ गते दिल्लीको धार्मिक केन्द्र (मर्कज) बाट भारतको जोगबनी हुँदै नेपालको विभिन्न भाग घुम्दै उदयपुरको भुल्के पुगेको थिए । सङ्क्रमितमध्येका छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज भएका हुन् । उपचारपछि निको भएर फर्कनेहरूमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x