Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुको नयाँ बस्ती टोलले कोठा भाडा छुट दिने

सोलुखुम्बुको नयाँ बस्ती टोलले कोठा भाडा छुट दिने


महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २९
सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ५ को नयाँ बस्ती टोल सुधार समितिले लकडाउनका कारण समस्यामा परेका आफ्ना टोलबासीलाई खाद्यान्न वितरणका साथमा घर भाडा छुट दिने भएको छ । टोल सुधार समितिको निर्णयअनुसार समस्यामा परेका १६ घरधुरीलाई राहतस्वरूप खाद्यान्न वितरणका साथमा घर भाडा छुट दिइएको नयाँ बस्ती टोल सुधार समितिका सचिव लालकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार टोलमा बस्ने १६ परिवारलाई हाललाई टोलबासीको निर्णयअनुसार एक महिनाको घर भाडा छुट गरिएको छ भने राहत स्वरूप एक बोरा चामल, एक केजी दाल, एक केजी नुन, एक लिटर तेल, तीन थान साबुन तथा एक बट्टा चिया वितरण गरिएको छ । विपत्को समयमा सानो भए पनि सहयोग पुगोस् भनेर यस्तो निर्णय गरिएको उनको भनाइ छ । टोल बासीहरूले नै संकलन गरेको रकमवाट राहत वितरण गरिएको सचिव श्रेष्ठले बताए । उनका अनुसार लकडाउनको अवस्था हेरी घरभाडा छुटको समयावधि बढ्न र पुनः राहत पनि वितरण गरिनेछ ।

हाल १६ घरले भाडा छुट दिएको भए पनि अरु घरधनी पनि भाडा छुट दिनेमा सामेल हुन सक्ने बताइएको छ । लकडाउनका कारण समस्यामा परेकाहरूलाई सरकारी तथा निजी क्षेत्रवाट राहत वितरण गरिएको भए पनि टोल बासी मिलेर आफ्नै टोलका लागि राहत वितरण गरिएको र घरभाडा छुट दिइएको यो सोलुखुम्बुमा पहिलो हो । संकटका बेला नयाँ बस्ती टोल सुधार समितिले गरेको यस कार्यले कोठामा बस्नेहरूलाई राहत मिल्ने विश्वास व्यक्त गरिएको छ । यसबाट अरुले पनि पाठ सिकेर कोठामा बस्नेहरूलाई राहत दिउन भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । राहत वितरण सबैले गरेको भए पनि आफूहरूले भाडा छुटसमेत दिने निर्णय नयाँ भएको सचिव श्रेष्ठको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x