Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुका १३ जनाकै रिपोर्ट नेगेटिभ

सोलुखुम्बुका १३ जनाकै रिपोर्ट नेगेटिभ


सोलुखुम्ब, वैशाख २९
कोरोना भाइरस संक्रमणको आशंका गरी स्वाब परीक्षणका लागि पठाइएको सोलुखुम्बुका १३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । आरडीटी परीक्षणमा लिखुपिके गाउँपालिकामा १ र सोताङ गाउँपालिकामा एक जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूको सम्पर्कमा आएकाहरूलाई समेत गरी १३ जनाको स्वाब संकलन गरी काठमाडौँ पठाइएको थियो । काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।

उनीहरूको पीसीआर परीक्षण काठमाडौँमा रहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा गरिएको थियो । भोजपुरबाट जिल्लाको लिखुपिके गाउँपालिकामा आएका एक युवा र उदयपुरबाट आएकी सोताङकी युवतिमा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरू कोरोना संक्रमित जिल्लाबाट आएको र उनीहरूमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि स्थानीयमा त्रास बढेको थियो । सोताङ गाउँपालिकामा आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि छिमेकी गाउँपालिका थुलुङदूधकोशी गाउँपालिकाले नाका बन्द गरेको थियो ।

पीसीआर परीक्षणमा नगेटिभ रिर्पोट आएपछि स्थानीयमा रहेको त्रास कम भएको सोताङ गाउँपालिका प्रवक्ता मनसरी राईले बताइन् । जिल्ला ग्रिन जोनमा परिसकेको अवस्थामा रिर्पोट पोजेटिभ देखाउनाले थप संकट उत्पन्न हुने अवस्था आएको भए पनि पीसीआर परीक्षणमा नेगेटिभ देखिएपछि स्थानीयले सहज महसुस गरेको बताइएको छ । सुरुवाती चरणमा केही डराएको भए पनि रिजल्टपछि सहजता हँुदै गएको लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताए । यात्रा गरेर आएको तथा हावापानी परिवर्तनका कारण पनि केही बढी ज्वरो देखाएको हुनसक्ने बताइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x