स्काउट लिडरहरु पाँंचतल्ले मन्दिरको पुनर्निर्माणमा
भक्तपुर, जेठ १५
नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरको जीर्णाेद्धारमा जुटका छन् । मन्दिर पुनर्निर्माणको क्रममा जनश्रमदानमा उनीहरु जुटेका हुन् । लकडाउनदेखि प्रत्येक दिन जनचेतनामूलक काममा लाग्दै आएका उनीहरु बुधबार दिनभर पाँचतल्ले मन्दिरको जीर्णाेद्धारमा खटिएका हुन् । पाँंचतल्ले मन्दिरको जीर्णाेद्धार कार्य अहिले लकडाउनको अवधिमा पनि धमाधम भइरहेको छ । नगरबासीहरुसँंग जनश्रमदान माग्दै अहिले दैनिक त्यहाँ काम भइरहेका छन् । अहिले त्यहाँं पाँंचतल्ले मन्दिरको छाना छाउने काम भइरहेको छ ।
परम्पराजस्तै झिंगटी इँट्टाले त्यहाँं छाना छाउने काम भइरहेको हो । त्यसका लागि माटो मुछ्ने र त्यसलाई लाइनमा बसी माथि छानासम्म माटो पु-याउने काम अहिले भइरहेको छ । यही काममा स्काउटका लिडरहरु लागिपरेका हुन् । नेपाल स्काउट जिल्ला समिति भक्तपुरका प्रमुख आयुक्त कर्माचार्यले यसअघि लकडाउनको जनचेतनामूलक काममा खटिँदै आएका स्काउट लिडरहरु लकडाउनको बीचमा पहिलोपटक मन्दिर पुनर्निर्माणको श्रमदानमा जुटेको जानकारी गराए । यसअघि लकडाउन पूर्ण पालना गरी घरबाहिर ननिस्किन माइकिङलगायतका काममा उनीहरु जुट्दै आएको कर्माचार्यले जनाए ।
साथै लकडाउनका समयमा तातो खान, साबुन पानीले हात धुनलगायतका जनचेतनामूलक काममा उनीहरु खटिएको कर्माचार्यले जनाए । भक्तपुरको पाँंचतल्ले मन्दिरको पुनर्निर्माण लकडाउनको सुरुवातदेखि बन्द भएको थियो । तर पछिल्लो दिन दशदिन अघिदेखि काम सुरु भएको थियो । नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुको जनश्रमदानबाट अहिले पनि मन्दिरको पुनर्निर्माणकार्य भइरहेको छ । मन्दिरको पुनर्निर्माण यही आर्थिक वर्षभित्र सकाउने योजना राखिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया