दोलखाको भीमेश्वर नगरपालिकामा बेवारिसे लास फेला
सुवास बस्नेत
दोलखा, जेठ १५
भीमेश्वर नगरपालिकाको एक निजी जंगलको बीचमा एक युवाको बेवारिसे लाश प्रहरीले बरामद गरेको छ । स्थानीयको जानकारीका आधारमा मंगलबार दिउँसो करिब ४ बजे भीमेश्वर नगरपालिका–७, उखुबारी ठूलोचौरस्थित नुनबहादुर कार्कीको निजी जंगलबाट प्रहरीले बेवारिसे लाश बरामद गरेको हो । नाम, थर नखुलेका करिब ३४ वर्षको जस्तो देखिने पुरुषको उत्तिसको रुखामा नाइलनको डोरीको पासो लगाई झुण्डी नाइलनको डोरी चुँडिएर रुखमुनि उत्तानो परेको अवस्थामा बेवारिसे लाश भेटिएको दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।
बेवारिसे लाश बरामद गरेको २४ घण्टा बितिसक्दा समेत सनाखत हुन नसकेपछि प्रहरीले सार्वजनिक सूचना जारी गरेर पहिचानको लागि हुलिया सार्वजनिक गरेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए । उक्त व्यक्तिलाई चिन्ने जो–कोहीले पनि प्रहरीलाई जानकारी दिन सक्ने सूचनामा भनिएको छ । प्रहरीकाअनुसार गहुँगोरो वर्णको, दाह्रीजुँगा पालेको, उचाइ करिब ५ फिट ३ इन्च, अगाडिको कपाल खैरो तथा पछाडिको कपाल रातो र कालो, निलोसँग कालो मिसिएको हुक, भित्र कालो टिसर्ट, खरानी रंगको पाइन्ट र टाइटेक्स पर्पल रंगको चप्पल लगाएको हुलिया सार्वजनिक गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया