वैतेश्वरमा चालू वर्षका महत्वपूर्ण योजना सम्झौता सम्पन्न
सुबास बस्नेत
दोलखा, जेठ २०
दोलखाको वैतेश्वर गाउँपालिकामा चालू आर्थिक वर्षको १० महिनामा आइपुग्दा पालिकाले महत्वपूर्ण बिकास योजना सम्झौता सम्पन्न गरेको जनाएको छ । गाउँपालिकाका योजनामध्ये करिब ९८ प्रतिशत सम्झौता गरिसकेको छ । बैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकामा आएको करिब ४७ करोड बजेटमध्येको करिब १३ करोड बजेट विकास पूर्वाधारमा खर्च गर्ने योजना बनाएको थियो । जसअनुसार चालू आर्थिक वर्षमा सञ्चालित योजना संख्या तीन सय १५ रहेकामा तीन सय छवटा योजना सम्झौता गरी कार्यान्वयन भएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।
वैतेश्वरका कुल योजनामध्ये सानो बजेटका दुई सय ९० वटा योजना उपभोक्ता समितिमार्फत र २५ वटा ठूला आर्थिक लागतमा निर्माण गरिने योजना पालिकाले जारी गरेको सूचना टेन्डरमार्फत कार्यान्वयन भएको लामाले बताए । उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका योजना लकडाउनका बीच पनि सञ्चालन भइरहेकाले चालू वर्षको असार मसान्तसम्म सबै पूरा हुने उनले बताए । हालसम्म वैतेश्वर गाउँपालिकाले २८ लाखका करिब १० वटा साना योजनाबाहेकका अरु ९८ प्रतिशत योजना सम्झौता गरिसकेको जनाएको छ ।
कुल दुई सय ९० साना योजनामध्ये दुई सय ८३ वटा योजना उपभोक्ता समितिसँग सम्झौता गरी कार्यान्वयन भएको छ । ७ वटा योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरी सम्झौता प्रक्रियामा रहेको वैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए । त्यसैगरी कुल योजनाको ६० प्रतिशत योजना कार्यान्वयन सम्पन्न गरी भुक्तानी समेत दिइसकेको गाउँपालिकाले जनाएको छ । तीन सय १५ योजनामध्ये एक सय ७८ वटा योजनासम्पन्न भएका छन् । वागमती प्रदेश पुर्वाधार विकास कार्यक्रमअन्तरगत प्रदेश सरकारबाट ५ वटा योजना परेकोमा सबै सम्झौता भई कार्यान्वयन भएको छ । कुल बजेट छ करोड रहेको उक्त योजना ठेक्कामार्फत कार्यान्वयन भएका हुन् ।
त्यसैगरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संघीय संसद् प्रतिनिधिसभा सदस्यअन्तर्गत तीनवटा योजना रहेकोमा तीनवटै योजना सम्झौता भई कार्यान्वयन अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ । ५० लाख कुल बजेट प्राप्त भएको उक्त योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएको हो । वैतेश्वर गाउँपालिकालाई आगामी आर्थिक वर्षको लागि ३२ करोड २७ लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाले विकास आयोजनाका लागी चालू आर्थिक वर्षमा कुल ८ वडाका लागि १३ करोड बजेट विनियोजन गरेको थियो । त्यसैगरी कोरोना भाइरसको त्रासमा जोखिम मोलेर लकडाउनबीचमा कार्यालय खोलेर निरन्तर काम गर्ने गाउँपालिकाभित्रका सबै कर्मचारीको प्रतिव्यक्ति १० लाखबराबरको बिमा गर्ने पनि गाउँपालिकाले घोषणा गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया