Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालडडेल्धुरामा नाम मात्रैका कोरेन्टाइन

डडेल्धुरामा नाम मात्रैका कोरेन्टाइन


मदनराज भट्ट
डडेल्धुरा, जेठ २१
डडेल्धुरामा निर्माण गरिएका क्वारेन्टाइनहरूमा भौतिक पूर्वाधार, खानेपानी, शौचालयको राम्रो व्यवस्था नहुँदा क्वारेन्टाइनमा बस्ने मान्छेहरू समस्यामा परेका छन् । साथै क्वारेन्टाइनमा सामाजिक दूरीको पनि सामान्य ख्याल गरिएको छैन । जिल्लाको अमरगढी नगरपालिकामा अहिले सामुदायिक विद्यालय, निजी विद्यालय, रेडक्रस भवन, सामुदायिक भवनहरू गरेर जम्मा एक सय २४ स्थानलाई कोरोना रोकथामका लागि क्वारेन्टाइन बनाइएको छ ।

भारतका विभिन्न सहरहरूबाट नेपाल फर्किएर नेपालीहरूलाई उक्त क्वारेन्टाइनमा राखिएको छ । तर, उक्त ठाउँमा बनाइएको क्वारेन्टाइन समेत बस्नका लागि उचित छैनन् । शौचालय, खानेपानीलगायत अत्यावश्यक कुराको व्यवस्थापन नहुँदा क्वारेन्टाइनको रूपमा प्रयोग भएका विद्यालयहरू नाम मात्रका रहेछन् भन्ने प्रमाणित भएको छ । सुदूरपश्चिमका अन्य जिल्लाहरूको अवस्था पनि झन विकराल नै रहेको छ । भारतका विभिन्न सहरहरूबाट डडेल्धुरामा मात्रै एक सय २४ वटा क्वारेन्टाइनमा तीन हजार आठ सय ११ जना रहेका छन् । क्वारेन्टाइनको नाममा विद्यालयभित्र भेडाबाख्राझैँ हुलेर राखिएको क्वारेन्टाइनमा बस्नेहरूको गुनासो छ ।

उनीहरूका आधारभूत आवश्यकताप्रति स्थानीय सरकार पनि बेखबरजस्तै छ । डडेल्धुरा जिल्लालाई भारतबाट नेपाल आउने नागरिकहरूलाई ओसार्ने र पठाउने ट्रान्जिट प्वाइन्ट बनाइएको भए पनि यहाँ निमार्ण गरिएको क्वारेन्टाइनमा विश्व स्वस्थ्य संगठनको न्यूनतम मापदण्ड समेत पूरा गरिएको छैन । ‘न व्यवस्थित पानी छ न शौचालय, जथाभावी फोहरको डंगुर छ । शौचकक्ष कम भएकाले लाइन लाग्नुपर्छ त्यतिबेलासम्म त दुर्गन्धले नै बिरामी पार्छ कि भन्ने चिन्ता लागिरहन्छ’, क्वारेन्टाइनमा बसेका एक युवाले भने । साथै भारतका विभिन्न स्थानबाट अनेकौं दुःखकष्ट झेल्दै घरनजिक पुगेर जिल्लाको क्वारेन्टाइनमा बस्न पाउँदा हर्षित भएका उनीहरू आफ्ना छोराछोरीले पढ्ने विद्यालयको अवस्था देख्दा झन् दुःखी भएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x