कोरोना भाइरसबाट विदेशमा १ सय २५ नेपालीको मृत्यु
काठमाडौं, जेठ २६
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विदेशमा रहेका १ सय २५ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबार साँझसम्म विदेशमा विदेशमा १ सय २५ जनाको मृत्यु भएको हो । संघका अनुसार पछिल्ला हप्ता विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दरमा कमी आएको छ । संघका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमणमुक्त भएका छन् । संक्रमणदर गत साताभन्दा ७५ प्रतिशतले कमी हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरी ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् ।
संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको हो । संयोजक डा. सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
यसैबीच सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सुरुवातको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु भएकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागतयोग्य भएको बताए । सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलोपटक बर्मा २६ र युएईबाट १ सय ६८ जना नेपाली फर्काएको छ । विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीहरुको फिर्ती प्रक्रियालार्ई व्यावहारिक बनाउन संघले नेपाल सरकारलाई आग्रह गर्ने भएको छ । अध्यक्ष पन्तले नेपालीको फिर्तीको लागि भोगेका समस्याबारे तत्काल परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड १९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिए ।
यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले विदेशमै पीसीआर टेष्टको सम्भावना न्यून रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकटले नेपाल जान पाउने गरी बाटो खोल्नुपर्ने बताए । महासचिव डा. शर्माले विदेशस्थित नेपाली दूतावासमा समेत होल्डिङ (क्याम्प) सेन्टरको आवश्यकता रहेको बताए । डा. शर्माले विदेश रहेका नेपालीहरुलाई विमानस्थलसम्म पु-याउनका लागि दूतावास र संघको सहकार्यमा होल्डिङ सेन्टर बनाउन सकिने बताए । संघले विदेशमा रहेका शव नेपाल फर्काउन र आफैँ पैसा तिरेर जान नसक्ने नेपालीहरुको लागि आवश्यक सहयोगको नेपाल सरकारलाई आग्रह गर्ने बताइएको छ । संघले विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली दूतावाससँग सहकार्य गर्न संघ र दूतावासबीच संयन्त्र बनाएर अगाडि बढ्न सकिने धारणा राख्दै आएको छ । यसअघि संघले नेपालीहरुको फिर्तीको लागि सहयोग गर्न आफ्ना सबै शाखालाई निर्देशन दिइसकेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया