काठ बिक्री तथा ओसारपसारमा संलग्न दुुई जना पक्राउ
सुनसरी, जेठ २८
काठ बिक्री तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका ६ बस्ने ३७ वर्षीय अनिल सुब्बा र सोही ठाउँ बस्ने ४६ वर्षीय धुब प्रसाद गुप्ता रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका–१ नयाँ कोशी पुलस्थित सडकमा को.१ ख ६९७४ नम्बरको मिनी टिपर रोक्न खोज्दा चालक फरार भएपश्चात टिपर जाँच गर्दा सखुवा जातका ६७ दशमलव २८ क्यूबिक फिट काठप्रहरीले बरामद गरी उक्त टिपर नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान गर्ने क्रममा उक्त काठ बिक्री गर्ने सुब्बा तथा ओसारपसारमा संलग्न गुप्तालाई पक्राउ परेका गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हाल फरार रहेका टिपर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया