‘लकडाउन’सँगै मानिसको मृत्युको श्रृङ्खलामा वृद्धि
रामहरी चौलागाइँ
काठमाडौं, जेठ २९
गाउँघरमा एउटा उखान प्रचलित छ ‘लडेर मरे पनि किलो रित्तै बाघले खाए पनि किलो रित्तै’ । यो उखान अहिले नेपालको परिवेशमा मिल्दोजुल्दो हुन थालेको छ । अहिले सम्पूर्ण विश्व नै नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण त्राहीमामको स्थितिबाट गुज्रिरहेको छ । यता नेपालले पनि ७८ दिनदेखि यही स्थितिको सामाना गरिहेको छ । कोरोना भाइरसको संक्रमण फैिलन नदिन भन्दै सरकारले गएको चैत्र ११ गतेबाट मुलुकभर लकडाउन अर्थात् बन्दाबन्दी गर्दै आएको छ । यही कारण मुलुकको आर्थिक, सामाजिक र दैनिकलगायतका गतिविधिहरू प्राय ठप्प रहेका छन् ।
कोरोना भाइरस महामारीका कारण नेपालमा १५ जनाले ज्यान गुमाइसकेका छन् भने रोजगारीको सिलसिलामा विदेशमा रहेका झण्डै एक सय २५ जना नेपालीले महामारीका कारण ज्यान गुमाएएका छन् । यो श्रृङ्खला अझै रोकिएको छैन । यसैगरी अहिलेसम्म विदेशमा रहेका १४ हजार चार सय ५४ जना कोरोना भाइरसबाट संक्रमित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जानकारी दिएको छ । यता नेपालमा कोरोना संक्रमितको संख्या दिन दुई गुणा र रात चौगुणा भनेझैँ गरी बढ्ने क्रम जारी छ । अहिले मुलुकको सन्दर्भमा भन्नुपर्दा संक्रमण नियन्त्रण गर्न सरकारलाई हम्मेहम्मे परिरहेको अवस्था छ ।
छिमेकी मुलुक भारतमा रोजगारीको लागि गएकाहरू अहिले धमाधम नेपाल फर्किरहेका छन् । यो क्रम अहिले पनि रोकिएको छैन । यही कारण नेपालमा संक्रमितको संख्या घटनुको सट्टा दिनप्रतिदिन बढिरहेको स्वयं सरकारी तथ्याङ्कहरूले पुष्टि गरेका छन् । कोरोना त्रासको कारण ७८ दिनदेखि मुलुकको सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प भएपछि रोगका कारणभन्दा पनि भोक, शोक र त्रासले मानिसहरू मर्ने क्रम बढेको छ ।
मुलुकमा कोरोना संक्रमणका कारणले भन्दा पनि लकडाउनपछि अहिले आत्महत्या गर्नेको संख्या १२ सय नाघिसकेको छ । यो अंक दिनदिनै बढे पनि यतातिर सम्बन्धित निकायहरूले खासै चासो दिएका छैनन् । अहिले पनि यो श्रृङ्खला जारी छ । लकडाउनमा सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधरणले दुःखकष्ट सहेर पनि गुजरा चलाइरहेका थिए र छन् । विदेशबाट नेपाल फर्किएका नागरिकलाई उचित व्यवस्थापन नगर्दा क्वारेन्टाइन कोरोना भाइरस उत्पादन गर्ने कारखाना बनिरहेको आवाज सामाजिक सञ्जालमार्फत भाइरल बन्दै आएका छन् । तर पनि स्थानीय, प्रदेश र संघीय सरकारले यी विषयलाई गम्भीररूपमा लिएर समस्या समाधानतर्फ ध्यान पु¥याउन सकिरहेको दैखिँदैन । बल्लबल्ल भारतसहितका अन्य मुुलुकबाट ज्यान जोगाएर स्वदेश फर्किएकाहरू पनि सीमा नाकामा हप्ताँै दिन अलपत्र अवस्थामा बस्न बाध्य छन् । समयमा उनीहरूको स्वास्थ परीक्षण नगरिँदा सजिलै घर पुग्न सकेका छैनन् ।
सवारी साधन अभावका कारण सामाजिक दूरीको कुरा त परै जाओस् जबर्जस्ती कोचिएर यात्रा गर्दा कर्णाली प्रदेशको कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका, १ लालीघाटमा सडक दुर्घटना भएको छ । ३९ जना सवार टिप्पर पल्टिँदा यो समाचार तयार पार्दासम्म दुई जनाको दुःखद निधन भएको छ । ६ जना बेपत्ता भएको चार जना गम्भीर घाइते भएकोे एवं २७ जना सकुशल रहेको बताइएको छ । गिटी बालुवा बोक्ने टिप्परबाट जोखिमपूर्ण यात्रा गर्दा उक्त दुर्घटना हुन पुगेको उद्धारमा संलग्न प्रहरी अधिकारीहरूले बताएका छन् ।
सरकार भन्छ काठमाडौंको सिंहदरबार गाउँ–गाउँमा पुगेको छ । तर, जनताले गाउँमा सिंहदबार भन्दा पनि सिंहहरू मात्र आइपुगेको महसुस गर्न थालेका छन् । क्वारेन्टाइनमा बसेकै अवस्थामा बाबुआमा गुमाएकाहरू घर पुग्न सकेनन् । उनीहरूले काजकिरियासमेत क्वारेन्टाइनमा नै बसेर गरेको घटनाले स्थानीय सरकार के–कति बलिया रहेछन् भन्ने कुरा प्रमाणित भइसकेको छ ।
उता, गत जेठ १० गते साँझ रुकम–पश्चिमको चौजाहारी नगरपालिक ८ सोतीमा स्थानीय बासिन्दाको कुटाइबाट जाजरकोट निवासी नवराज विकसहित उनका पाँच जना साथीको ज्यान गएको छ । उनीहरू सम्पूर्णको शव भेरी नदीमा भेटिएको थियो । एक्काइसौँ सदाब्दीमा पनि जातको आधारमा गरिएको नरसंहार घटनाले हामी कुन युगमा छौं र हामीले अहिलेसम्म प्राप्त गरेको राजनीतिक उपलब्धिको उजगार भएको छ । यता गत सोमबार प्रदेश नम्बर ५ को रूपन्देही, तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित पशुपंक्षी फार्ममा काम गर्ने एक कामदारले वन्चरो प्रहार गरी पाँच जनाको हत्या गरेका छन् । यी घटनाले के देखाउँछ भने बाघले खाए भने पनि संख्या घट्ने र भीरबाट लडेर पशु चौपाया मरे पनि संख्या नै घट्ने हो भन्ने कुरालाई पुष्टि गरिरहेको छ । मुलुकको वर्तमान मृत्युदर हेर्दा यही उखान चरितार्थ हुँदै गएको पुष्टि हुन्छ ।
विदेशबाट ज्यान जोगाउन नेपाल आएकाहरू कोरोना महामारीभन्दा पनि क्वारेन्टाइनको अव्यवस्थित बसाइ र सडक दुर्घटनाका कारण मृत्युवरण गर्न बाध्य छन् । केही दिनअगाडि भारतबाट नेपाल आएकाहरू पनि बाँकेमा सवारी दुर्घटनामा परी ज्यान गुमाउन बाध्य भएका छन् । परिस्थिति कतिसम्म भयावह भयो भने लकडाउनको मोडलका बारेमा समयमा सरकारले निर्णय गर्न नसक्दा दिनदिनै जनताबाट आलोचित बन्नुपरेको छ । पसल खोल्न पाउनुपर्छ नत्र हाम्रो भाडा र बैंकको ब्याजको जिम्मा सरकारले लिनुपर्छ भन्दै नागरिकहरू लकडाउनको उल्लंघन गर्दै सडकमा उत्रन थालिसकेका छन् ।
लकडाउनकै कारण परिवार पाल्न नसक्ने स्थितिमा पुगेपछि अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । उनले आत्मदाह गर्नुको प्रमुख कारण लकडाउनका नै हो । जागीर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् । आउजीले साथीभाइ र आफन्तसँगको कुराकानीमा लकडाउनका बेला जागीर गएपछि परिवार चलाउन कठिन हुने बताउने गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया