Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजीपी कोइराला फाउण्डेसनको रक्तदान कार्यक्रम

जीपी कोइराला फाउण्डेसनको रक्तदान कार्यक्रम


वीरगञ्ज, जेठ २९
वीरगञ्जमा रगत अभाव भएपछि गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनका कारण वीरगञ्ज रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि फाउण्डेसन पर्साले रक्तदान र्कायक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा एक महिलासहित एक सय दुई जनाले रगत दिएका फाउण्डेसन पर्साका सदस्य मनोज राउत कुर्मीले जानकारी दिए । नेपाल सरकारले लागू गरेको नियमानुसार नै सामाजिक दूरी कायम गरेर रक्तदान कार्यक्रमको आयोजना गरिएको पर्सा फाउण्डेसनका कोषाध्यक्ष मनोहर साहले बताए । रक्तदान कार्यक्रममा फाउण्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न सामाजिक संघ÷संस्थामा आबद्ध व्यक्तिहरु रक्तदान गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x