Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविद्युत्मा लगाउने डिमाण्ड चार्ज, घरभाडामा सहुलियत घोषणा गर्न माग

विद्युत्मा लगाउने डिमाण्ड चार्ज, घरभाडामा सहुलियत घोषणा गर्न माग


बाँके, असार १
लकडाउनका कारण ठुलो घाटा व्यहोर्नुपरेको भन्दै बाँकेका होटल व्यवसायीले होटल सञ्चालनको वातावरण बनाउन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै होटल व्यवसायीहरुले असार १ गतेदेखि होटल, व्यवसाय सञ्चालनको वातावरण बनाउनका लागि आग्रह गरेका हुन् ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले भ्रमण वर्ष मनाउनका लागि होटल तथा पर्यटन क्षेत्रमा ठूलो लगानी भएको अवस्था र हालको प्रतिकुलताले बैंक ब्याज, घरभाडा नै बुझाउन नसक्ने अवस्थामा होटल व्यवसायी पुगेकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष कंडेल र सचिव प्रेम बहादुर शाहले बुझाएको ज्ञापनपत्रमा लकडाउन अवधीको विद्युतमा लगाउने डिमाण्ड चार्ज छुट गर्न माग गरिएको छ । घरबहाल सम्बन्धमा, कोरोना भाइरसका कारणले व्यापार व्यवसाय बन्द रहेकोले लकडाउन समय अवधिभर नेपाल सरकारले न्यायीक तरिकाले छलफल गरी घरबहाल पूर्ण छुट गर्न यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्रमा पर्यटकीय क्षेत्रलाई पुर्नताजकीय बनाउन नेपाल सरकारले २ वर्षको बिशेष प्याकेज तयार पारी राहत उपलब्ध गराउन माग गरिएको छ । कृषि क्षेत्रमा गरिएको लगानी जस्तै पर्यटकीय क्षेत्रमा पनि अनुदानको व्यवस्था र निम्नतम ब्याजमा ऋण प्रवाह गर्न माग गरिएको अध्यक्ष कंडेलले बताएका छन् ।

‘पर्यटकीय क्षेत्रका हामी होटल व्यवसायीहरुको आर्थिक वर्ष २०७६/०७७ को आन्तरिक राजस्व कार्यालय र स्थानीय निकायमा दाखिला गर्नुपर्ने सबै प्रकारका करहरु छुट गरि प्रमाण पत्र नविकरणको व्यवस्था मिलाइयोस’, संघले ज्ञापनपत्रमा भनेको छ । ‘लकडाउनले अस्तव्यस्त पारिएका होटलहरु निश्चित निती निर्देशन नियमावली तर्जुमा गरि होटल सञ्चालनको वातावरण तयार गरियोस’, संघले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

‘कोभिड–१९ का कारणबाट होटल व्यवसाय पुर्ण रुपमा बन्द भएकोले धेरै मजदुर कर्मचारीको रोजीरोटी गुम्ने अवस्था सृजना भएकाले उनीहरुलाई सरकारले उचित व्यस्था मिलाउन माग गर्दछौ’, ज्ञापनपत्रमा भनिएको छ । व्यवसायीहरुले होटल, व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी र सुरक्षाको उपायहरु अवलम्वन गरिने पनि उल्लेख गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x