डुम्जी पर्वको रौनक हुने गुम्बाहरू सुनसान
महेन्द्र शाही
सोलुखुम्बु, असार २
विगतका वर्षहरूमा यतिबेला गुम्बाहरूमा सयौँ लामाहरूको साथमा हजारौँ दर्शनार्थीको भीडका बीच डुम्जी पर्वको रौनक देखिने सोलुखुम्बुका गुम्बाहरू यस वर्ष शान्त छ । वैशाखदेखि सुरु हुने उक्त पर्व यस वर्ष जेठ सकिँदा समेत कोरोना महामारीका कारण अन्यौलमा परेको खुम्बु पासङ ल्हमु गाउँपालिका २ स्थित क्याम्जजुङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पेम्बा नुरु शेर्पाको भनाइ छ । डुम्जीमा सयौँको संख्यामा लामा र हजारौको संख्यामा दर्शनार्थीको उपस्थिति हुने गर्दछ, तर यस वर्ष कोरोना कहरका कारण भीडभाड गर्न नहुने तथा एक आपसमा सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले कार्यक्रम गर्न नसकिएको नाम्चेका लामाकाजी शेर्पा बताए ।
शेर्पा समुदायलगायत बौद्ध धर्मवालम्बीहरूले हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मनाउने डुम्जी पर्व यसवर्ष के गर्ने भन्नेबारे अझै अन्यौलता छाएको छ । कतिपय गुम्बाहरूले कार्यक्रम नै स्थगित गरिसकेका छन् भने केही अनुकुल परिस्थितिको प्रतिक्षामा छन् । करिब छ सय वर्षदेखि वर्षेनी डुम्जी पर्व मनाउँदै आएको जुनबेँसीस्थित टाँसी थोङमेन महाविहार गुम्बाले पनि यसवर्ष ठूलो कार्यक्रम नगर्ने निधो गरेको छ ।
महामारीका कारण मानिसहरूको जमघट गर्न नमिल्ने भएकाले यस वर्षको कार्यक्रमनै स्थगित गरेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष दोर्जी जाङ्बु लामाको जानकारी दिए । सबैतिर महामारीको डर भएकाले पर्वको रौनक कम भएको उनको भनाइ छ । यो पर्व हरेक वर्ष सोलुखुम्बुका विभिन्न गुम्बाहरूमा करिब १ हप्तासँग धुमधामका साथ मनाउने परम्परा छ । बुद्धधर्म मान्ने समुदायले विभिन्न तिथिहरूलाई आधार बनाई धार्मिक विधिअनुसार पाठपूजा गरी धार्मिक विधिले समापन गरिन्छ । आदिम कालदेखि मनाउँदै आएको डुम्जी पर्वमा विभिन्न प्रकारका धार्मिक लामा नाचहरू प्रदर्शन गरिन्छ । तर यो वर्ष यस्तो नाचका रौनक हुने नहुने अन्यौलता बढेको छ ।
लामा नाचसँगै विभिन्न प्रकारका मुखुन्डो लगाई मानव जीवनका विभिन्न घटनाहरूको परिदृश्यहरू झल्काउने नाचहरू पनि देखाउने चलन छ । प्रमुख लामाले तन्त्रिक विधिको मध्यमबाट मानव समुदाय र प्राणीहरूको शान्तिका लागि दानवीया शाक्तिहरूलाई कमजोर बनाउने गर्दछ । धार्मिक पूजापाठको अन्त्यमा धार्मिक गुरूहरूबाट सबैमा दीर्घायुको कामना गर्दै ओङ अभिशेष प्रदान गरिन्छ । डुम्जी पर्वको आन्तिम दिन शेर्पा समुदायले विशेष संस्कृति झल्कने नृत्य र स्याब्रु नाचहरू ज्यादै आकर्षकरूपमा नाच्ने गर्दछ । डुम्जी पर्व सोलुखुम्बुको पंबोचे, थामे, खुम्बु, नावोचे, फोर्चे, रिमेज्युङ, लुक्ला, जुन्बेशी, सकार, किल्खोरदिङ, गोलीलगायतका शेर्पाहरूको बाक्लो बसोबस रहेको स्थानमा मनाउने प्रचलन छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया