चोरीका मोबाइल बरामदमा प्रहरीलाई उलेख्य सफलता
बुटवल, असार १५
हराएका र चोरी भएका मोबाइल बरामदमा इलाका प्रहरी कार्यालय इटहरी प्रहरीको उलेख्य सफलता हासिल गरेको छ । कार्यालयका कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार विभिन्न मितिमा हराएका तथा चोरी भएको मोबाइलहरूको निवेदनको आधारमा सीडीआर शाखाबाट खोजतलास गर्ने क्रममा हालसम्म विभिन्न ब्राण्डका ५५ लाख ८६ हजार पाँच सय २० रूपैयाँबराबरको दुई सय ३१ थान मोबाइल सेटहरू सम्बन्धित मोबाइलधनीलाई बुझाइएको छ ।
कार्यलयले २०६७ साल वैशाख महिनादेखि इलाका प्रहरी कार्यालय इटहरीमा सीडीआर शाखा स्थापना भएपश्चात् हराएका र चोरी भएका मोबाइल बरामदमा उक्त सफलता हासिल गरेको हो । प्रहरी निरीक्षक श्रेष्ठले यसभन्दा अगाडि बुझाइसकिएको र खोजतलासकै क्रममा हालसम्म फेला परेका विभिन्न ब्राण्डका ४५ थान मोबाइल सेटहरू आइतबार सम्बन्धित मोबाइलधनीहरूलाई बुझाएको बताउँदै उक्त मोबाइल अनुमानित १० लाख ३८ हजार एक सय रूपैयाँबराबरको रहेको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया