बजेटले सम्बोधन नगरेको निजी क्षेत्रका समस्यालाई मौद्रिक नीतिमा समेट्न आग्रह
काठमाडौं, असार ३१
नेपाली कांग्रेस ‘कोभिड—१९ अनुगमन समिति’ले कोरोना भाइरसका कारण संकटमा परेका निजी क्षेत्रका समस्याहरू बजेटमा सम्बोधन हुन नसेकेको हुँदा आगामी मौद्रिक नीतिमार्फत प्रभावित क्षेत्रहरूलाई सम्बोधन गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । समितिका संयोजक एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेसागत समूह, उद्योगी/व्यवसायीहरूसँग समितिले अनुगमनका क्रममा विभिन्न चरणमा गरेको छलफलपछि प्राप्त सुझावहरूको आधारमा सरकारले बजेटमार्फत समस्यामा परेका ती क्षेत्रहरूलाई सम्बोधन गर्न नसकेको भन्दै आगामी मौद्रिक नीतिमार्फत प्रभावित क्षेत्रहरूलाई सम्बोधन गर्न सुझाव दिएको हो ।
राष्ट्र बैंकले तय गर्ने ब्याजदर र सुविधाहरू बैंकहरूमार्फत लगानीकर्तासम्म पु¥याउनुपर्ने संयोजक डा. महतले बताए । जसले गर्दा रोजगारीलाई जोगाउँदै अर्थतन्त्रलाई चलायमान गराउन सकिने संयोजक डा. महतको भनाइ थियो । विशेषतः यस असाधारण अवस्थामा यातायात, पर्यटन, शिक्षा, उद्योगलगायत रोजगारी सिर्जना गर्ने क्षेत्रहरूअनुकूल मौद्रिक नीति ल्याएमा कोभिड—१९ ले पारेको प्रभावलाई क्रमशः न्यूनीकरण गर्दै जान सकिने उनले बताए । प्रतिनिधिमण्डलमा पार्टीका केन्द्रीय सदस्य एवं समितिका सदस्यहरू एनपी साउद र डा. चन्द्र भण्डारी, समितिका सदस्यहरू— राजीवविक्रम शाह, नैनसिंह महर, डा. पोषराज पाण्डे र डा. प्रभु बुढाथोकी सहभागी थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया